बागलुङमा भिषण बाढी : ४ को मृत्यु, दर्जन बढी मानिस बेपत्ता

  • १८ भाद्र २०७७, बिहीबार
  • 1367 पटक पढिएको

म्याग्दी, १८ भदौ । बागलुङमा भिषण बाढीले ठुलो जनधनको क्षति पु¥याएको छ । भारी वर्षा सँगै जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राति आएको बाढीका कारण ४ जनाको मृतु भएको छ भने १३ जना भन्दा बढी बेपत्ता भएको प्रारम्भिक रिपोट प्राप्त भएको छ ।


जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ४ जनाको सव भेटिएको छ। भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको छ । बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवन समेत बगाएको छ ।

ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभूूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ । घटनास्थलमा प्रहरी पुगेर स्थानीयको सहयोगमा उद्धार थालेको छ ।