ताजा अपडेट

गोठको सुरक्षामा खटिएका ‘कुकुर’

बेनी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको भारामा रहेको गोठको सुरक्षामा रहेका कुकुर । ग्रामीण भेगमा गोठको सुरक्षामा कुकुरहरु पालन गर्ने चलन रहेको छ । भोटे कुकुरहरु कोठका रक्षक हुन् । पछिल्लो समय भोटे प्रजातीको कुकुर हराउँदै जान थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

म्याग्दीमा सडक कालोपत्रे गर्ने मंगला पहिलो गाउँपालिका बन्यो, बावियाचौर बजारमा यसरी हुँदै छ कालोपत्रे (भिडियाे)

म्याग्दी ४ फागुन । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर पहिलो पटक सडक कालोपत्रे गर्न सुरु गरिएको छ । जिल्लाको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सडक कालोपत्रे गर्न लागिएको हो । https://www.youtube.com/watch?v=1GPT55CJxjs गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट सडक कालोपत्रे गर्न सुरु गरिएको यस... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे सुरु (फाेटाे फिचर)

कमल खत्री म्याग्दी ४ फागुन । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्रे गर्न सुरु भएको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न सुरु भएको हो ।म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका... पुरा पढ्नुहोस

आज ‘श्रीपञ्चमी’ पर्व मनाइँदै

म्याग्दी ४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।... पुरा पढ्नुहोस

ओलीको प्रतिगमनको विरोधमा म्याग्दी काँग्रेसको अहिलेसम्मकै ठुलो जनप्रदर्शन (भिडियाे)

  https://www.youtube.com/watch?v=KKczNiC9BMM म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले अहिलेसम्मकै ठुलो जनप्रदर्शन गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलित भएको काँग्रेसले विभिन्न चरणमा आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार बेनीमा... पुरा पढ्नुहोस

प्रतिगमनको विरुद्धमा नेपाली काँग्रेस म्याग्दीको बृहत विरोध प्रदर्शन (फोटोफिचर)

म्याग्दी ३ फागुन । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेस म्याग्दीले बेनीमा बृहत जनप्रदर्शन गरेको छ । गाउँ गाउँबाट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बेनीमा ल्याएर काँग्रेस म्याग्दीले सोमबार बृहत प्रदर्शन गरेको हो । बेनीको विरेन्द्रचोकबाट निस्केको ¥यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै... पुरा पढ्नुहोस

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै

काठमाण्डौ ३ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य बदली र गण्डकी तथा वाग्मती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । सोमबार देशभर आंशिक देखि सामान्य बदली... पुरा पढ्नुहोस

जनता माविका जग्गादाता पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग हस्तान्तरण

म्याग्दी २ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम स्थित जनता माविका जग्गादाता हस्तराम पुनको उपचारमा रु १ लाख १८ हजार बढी सहयोग गरिएको छ । सार्कोमा नामक क्यान्सरबाट पीडित हुनुभएका पुनको उपचारमा थप सहयोग होस भन्ने अभिप्रायको साथ जनता माध्यमिक बिद्यायलले सञ्चालन गरेको आर्थिक सहयोग सँकलन अभियानमा यु के, हङकङ... पुरा पढ्नुहोस

प्रदिप र प्रकाशको लोक दोहोरी म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक (भिडियो)

म्याग्दी २ फागुन । रोजगार र व्यवसायको सिलसिलामा युएई पुगेका म्याग्देली प्रकाश कार्की र प्रदिप सुबेदिले लोक दोहोरी गीतको एल्बम ‘सम्बन्ध’ को म्युजिक भिडियो बजारमा ल्याएका छन् ।  PR युटुब च्यानल बाट रिलिज गरिएको उक्त मुजिक भिडियो मा “पूर्वको फुल पश्चिम फर्केको मैले धोका दिएकै हैन नि तिमी आँफै हो... पुरा पढ्नुहोस

म्याग्दीमा कोरोना विरुद्धको ‘पहिलो चरणको दोस्रो प्राथमिकता’खोप अभियान सञ्चालन (तस्बिर/भिडियाे)

म्याग्दी २ फागुन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप अभियान सञ्चालन भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले गण्डकी प्रदेश सरकारको सहयोगमा अग्रपंतिमा खटिने कर्मचारी, जनप्रतिनिधि, बैँक तथा वित्तिय संस्थाका कर्मचारी, पत्रकार र सुरक्षाकर्मी समेतलाई खोप लगाउन ‘पहिलो चरणको दोस्रो प्राथमिकता’ खोप अभियान सञ्चालन गरेको हो । यस... पुरा पढ्नुहोस