म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  • ३ भाद्र २०७८, बिहीबार
  • 756 पटक पढिएको

 

म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो ।

पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १ जना र पर्वतको जलजला गाँउपालिकामा १ जना गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै एन्टिजेन विधिबाट बेनी नगरपालिकामा ४ जना, मंगला गाँउपालिकामा ३ जना, अन्रपुर्णमा१ जना र जलजलामा १ जना गरी जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार १०२ जनामा पुगेको छ। कोरोना संक्रमण पिसिआरबाट १ हजार ९५३ जना र एन्टिजेनबाट १ हजार १४९ भेटिएका छन् । जिल्लामा १२२ जना सक्रिय संक्रमित छन् । १८ जना संक्रमित विहिबारदेखि आइसोलेसन मुक्त भएका छन् ।

लगडाउन खुलेसंगै स्वास्थ्य मापदण्डलाई पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।