ताजा अपडेट

काँग्रेस गण्डकी कार्यसमितिमा अनोद र विमला विजयी

म्याग्दी, २० मंसिर । नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन निर्वाचित भएका छन् । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले... पुरा पढ्नुहोस

क्षेत्रीय अध्यक्षदेखि कार्यबाहकसम्म भएर काम गरें, त्यसैले जसस पोर्चुगलको अध्यक्षमा मेरो उम्मेद्वारीः वकिल केसी

म्याग्दीका होनहार युवा वकिल केसी यतिबला युरोपियन मुलुक पोर्चुगलमा बस्छन् । कामदारबाट मालिक बनेका उनै केसी राजनीतिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेस म्याग्दीका सक्रिय सदस्यका रुपमा रहेर काम गरेका केसी अहिले नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षका उम्मेद्वार हुन । पोर्चुगलमा क्षेत्रीय समितिको अध्यक्ष हुँदै पोर्चुगलको उपाध्यक्षसम्म रहेर... पुरा पढ्नुहोस

माओवादी केन्द्र अन्नपुणर् गाउँपालिकाको अध्यक्षमा ओमप्रसाद फगामी

म्याग्दी, १९ मंसिर । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल... पुरा पढ्नुहोस

कृषि प्राविधिकलाई तालिम

  म्याग्दी, १९ मंसिर । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकलाई क्षमता अभिवृद्धि तालिम आइतबारेदखि संचालन गरेको छ। तीनदिनसम्म संचालन हुने तालिममा स्थानीय तहका प्राविधिक, मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ र केन्द्रमा कार्यरत प्राविधिकहरुको सहभागिता रहेको छ। तालिममा सहभागि प्राविधिकहरुलाई सुन्तलाको फल झर्ने औसाँ रोग सम्वन्धी, लेखा... पुरा पढ्नुहोस

विद्यालयको पुर्वाधार निर्माण गराउन जग्गा सहयोग

म्याग्दी, १९ मंसिर । म्याग्दीको मालिका गाउँपालिका-२ रूम बेलीका एक परिवारले विद्यालयको भौतिक पूर्वाधार र खेलमैदान निर्माणका लागि करिब पाँच रोपनी जग्गा दान गरेका छन्। जग्गाविहिन अवस्थामा रहेको स्थानीय ज्ञान विकास आधारभुत विद्यालयलाई बयोबृद्ध समाजसेवी शिवलाल पुनको परिवारले खेतीयोग्य ४ रोपनी १० आना जग्गा विद्यालयलाई निःशुल्क हस्तान्तरण गरेका हुन् ।शनिबार... पुरा पढ्नुहोस

काँग्रेस गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा निर्वाचित

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणनाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मा सभापति पदमा निर्वाचित भएका हुन्। शर्माका निकटतम प्रतिद्वन्द्वी  सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका छन्। १ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी... पुरा पढ्नुहोस

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर... पुरा पढ्नुहोस

धौलागिरी साना किसान सहकारी स्थापना

बेनी १९ मंसिर । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार शिवाङमा सम्पन्न भएको छ । २०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१... पुरा पढ्नुहोस

पत्रकारले रिल्याक्स गर्ने बेला होईन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादी र प्रतिक्रान्ति शक्तिहरूले अझै पनि प्राप्त उपलब्धिहरूलाई उल्टाउने प्रयास गरिरहेको बताउँदै अहिले नै पत्रकारले ‘रिल्याक्स’ गर्ने बेला नभएको बताएका छन् । चितवनमा आयोजित प्रेस सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘खतरा अझै टलिसकेको छैन । हामीले ब्याटल एक पटक... पुरा पढ्नुहोस

गलेश्वरमा ३ लाख ३५ हजार रुपैयाँ भेटि संकलन

    बेनी १८ मंसिर । बेनी नगरपालीका- ९ मा रहेको गलेश्वर मन्दिरमा ३ लाख ३५ हजार ५९४ रुपैया भेटी संकलन भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषकाले बालाचतुर्दशी पर्वको अवसरमा सो भेटी संकलन भएको सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए । म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका... पुरा पढ्नुहोस