कृषि प्राविधिकलाई तालिम

  • १९ मंसिर २०७८, आईतवार
  • 751 पटक पढिएको

 

म्याग्दी, १९ मंसिर । कृषि ज्ञान केन्द्र म्याग्दीले स्थानीय तहमा कार्यरत कृषि प्राबिधिकलाई क्षमता अभिवृद्धि तालिम आइतबारेदखि संचालन गरेको छ। तीनदिनसम्म संचालन हुने तालिममा स्थानीय तहका प्राविधिक, मुख्यमन्त्री जलबायुमैत्री नमुना कृषि गाउँ र केन्द्रमा कार्यरत प्राविधिकहरुको सहभागिता रहेको छ।

तालिममा सहभागि प्राविधिकहरुलाई सुन्तलाको फल झर्ने औसाँ रोग सम्वन्धी, लेखा र प्रशासन लगायतका विषयमा तालिम दिईने कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिनुभयो ।
तालिममा सहभागि प्राविधिकलाई केन्द्र प्रमुख एवम् बरिष्ठ बागबानी बिकास अधिकृत किरण सिग्देल, कृषि प्रसार अधिकृत पाण्डे, सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले सहजीकरण गर्ने छन् ।