ताजा अपडेट

पहिरोले थुनिएर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेन

म्याग्दी ११ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा बनेको तलाउको सतह घटेको छैन । पानी ओभरफलो भएर बग्न थालेपनि करिब एक किलोमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले रघुगंगा नदी थुनिएर करिब एक किलोमिटर लामो... पुरा पढ्नुहोस

म्याग्दीमा पहिरोले नदी थुनिनेक्रम बढ्दो

म्याग्दी, ११ भदौ । रघुगंगा गाउँपालिका–६ रायखोरको पहिरो खसेर बिहीबार थुनिएको रघुगंगा नदीमा करिब एक किलोमिटर लामो, १५ मिटर चौडाइ र १० मिटर गहिरो तलाउ बनेको छ ।कालीगण्डकीको सहायक रघुगङ्गा नदी पुरानै स्वरुपमा बगे पनि निरन्तर खसिरहेको पहिरो र तलाउको सतह नघटेकाले जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ... पुरा पढ्नुहोस

संघर्षका पाइला :‘जस्ले विदेशको जागिर छाडेर गोठालो पेसा रोजे’ (भिडियो र तस्बिर सहित)

कमल खत्री बेनी, ११ भदौ ।  रघुगंगा गाउँपालिका–८ पात्लेखर्क स्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहनुभएका मिलन छन्त्याल ४५ बर्ष उमेर पार गर्नुभयो । युवा अवस्थाको करिब १५ बर्ष प्रवासमा जीवन विताउनुभएका छन्त्याल बिगत ५ बर्षदेखि गाउँका पाखा पखेरा र बनजंगलतीर भेडीगोठमा व्यस्त हुनुहुन्छ । युवा अवस्थाको प्रवासी समय मलेसियाका ठुला शहरहरुमा... पुरा पढ्नुहोस

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ ११ भदाै । पहिराले कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ पैँयुपाटाको फुर्सेखोलामा आएको पहिराका कारण करिडोर अवरुद्ध भएको हो । करिडोरको बागलुङ–बलेवा १० किलोमिटर खण्डमा ठाउँ–ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ । फुर्सेखोलामा निरन्तर चट्टान खसिरहेकाले आवतजावत बन्द भएको ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्री शर्माले बताए... पुरा पढ्नुहोस

मनसुन फेरि सक्रिय : भारी वर्षाको सम्भावना, बाढी र पहिरोको खतरा

म्याग्दी ११ भदाै । नेपालमा पुनः मनसुन सक्रिय भएको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा पुनः मनसुन सक्रिय भएको हो । मौसम पूर्वानुमान महाशाखाले यो पटकको भदौरे झरी तराई केन्द्रित भएकाले त्यस क्षेत्रमा डुबान र कटान हुने खतरा... पुरा पढ्नुहोस

कुश्माकी एक महिलाको कुवेतमा मृत्य

पर्वत ११ भदौ । रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृत्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृत्यु भएको हो । परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृत्युु भएको नेपाली दुतावासले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।... पुरा पढ्नुहोस

काबुल विस्फोटमा १३ अमेरिकी सैनिकसहित ६० जनाको मृत्यु

काठमाडौं ११ भदौ । गएराति काबुल विमानस्थल बाहिर भएका ६ वटा बम विस्फोटका घटनामा १३ अमेरिकी सैनिकसहित ६० सर्वसाधारणको मृत्यु भएको छ । २ सयभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले उल्लेख गरेका छन् । आत्मघाती बम आक्रमण अन्तर्रास्ट्रिय आतंकबादी संगठन आईएसआईएसले गरेको हुन सक्ने अनुमान अमेरिकाले गरेको छ । रास्ट्रपति... पुरा पढ्नुहोस

पहिरोले थुनिएको रघुगंगा नदीको अवस्था यस्तो छ (फोटो फिचर)

बेनी १० भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका ६ मुलपानी र ७ नम्बर वडा गौडामुनीको सिमानामा पहिरो खसेर रघुगंगा नदीमा ठुलो तलाउ बनेको छ । पानी ओभरफलो भएर बग्न थालेपनि करिब  एक किलाेमिटर लामो तलाउको सतह घटेको छैन । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको स्थानीयबासीको भनाई... पुरा पढ्नुहोस

एकमहिनादेखि बेपत्ता जामुनाखर्कका जङ्गबहादुर रामदाम

म्याग्दी, १० भदौ । विगत एक महिनादेखि बेनी नगरपालिका–६ जामुनाखर्क निवासी जङ्गबहादुर रामदाम (विक ) बेपत्ता भएका छन् । साउन ९ गतेदेखि रामदाम घरपरिवारबाट सम्पर्कविहिन भएका हुन । बेपत्ता भएका ८० बर्षिय रामदामलाई परिवार र आफन्तजन लगायतको क्षेत्रबाट खोजी कार्य भएपनि भेटाउन नसकिरहेको बेपत्ता भएका ब्यक्तिका आफन्त अजित रसाईलीले जानकारी... पुरा पढ्नुहोस

मास्क एक फाइदा अनेक

 सुजन पाैडेल ।  झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ ।... पुरा पढ्नुहोस