म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
- ११ फाल्गुन २०७८, बुधबार
- 863 पटक पढिएको
म्याग्दी ११ फागुन । म्याग्दीका अग्रज पत्रकार धु्रवसागर शर्मालाई पुत्रीशोक परेको छ । बेनी नगरपालिका–२ बगरफाँट निवासी पत्रकार शर्माकी माईली छोरी बिनिता शर्माको २२ बर्षको उमेरमा उपचारको क्रममा भरतपुर क्यान्सर अस्पतालमा निधन भएको हो । आन्द्राको क्यान्सरका कारण बिगत ८ महिनादेखि शर्माको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहको थियो ।
गयराती उपचारकै क्रममा निधन भएपछि दिवंगत शर्माको पार्थिब शरिरलाई बुधवार नै धार्मिक विधि र परम्परा अनुसार कालीगण्डकी नदी किनारमा अन्त्योष्टि गरिएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिमको किसानी माविमा जेटिए अध्ययन गर्दै आएकी बिनितालाई स्वास्थ्यमा समस्या देखिएपछि बेनी अस्पताल र पोखरामा चेकजाँचपछि डाक्टरको रिपोर्ट अनुसार क्यान्सर रोग लागेको पत्ता लागेको थियो ।
अस्पतालमा भर्ना गरी किमो, थेरापी र अप्रेशनको क्रममा स्वास्थ्य जटिल भएको थियो । दुई दशक बढी समयदेखि म्याग्दीको पत्रकारिता क्षेत्रमा सक्रिय रहनुभएका नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत रहनुभएका पत्रकार शर्माको छोरीको निधभनप्रति पत्रकार महासंघ म्याग्दीले गहिरो दुख व्यक्त गरेको ।