वन उपभोक्तालाई उद्यमशिलता तालिम

  • ११ फाल्गुन २०७८, बुधबार
  • 483 पटक पढिएको

 

बेनी, ११ फागुन । म्याग्दीका सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधीहरुलाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।

डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा फागुन १ देखि ९ गतेसम्म तालिम सञ्चालन भएको हो । सात दिन सैद्धान्तिक र दुई दिन स्थलगत अध्ययन अवलोकन गराइएको थियो ।

छ वटै स्थानीय तहका २४ जनाको सहभागिता रहेको तालिमको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाट र सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले सहजिकरण गर्नुभएको थियो । वनमा आधारित उद्यमको बिकासका लागि स्रोतको पहिचान र परिचालन गरेर आयआर्जन सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।