ताजा अपडेट

सामाजिक विकास कार्यालयद्धारा प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग

म्याग्दी ८ फागुन । अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीले जिल्ला प्रहरी कार्यालयको दलित डेक्सलाई फर्निचर सहयोग गरेको छ । प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाईमा स्थापना गरिएको दलित डेक्स सञ्चालनका लागि सामाजिक विकास कार्यालयले एक /एक थान टेबुल, कुर्चि र दराज सहयोग गरेको हो... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा नेपाल दलित मुक्ति मोर्चा गठन

बेनी, ८ फागुन । नेपाल दलित मुक्ति मोर्चा बेनी नगर समिति गठन गरिएको छ । आईतबार बेनीमा भएको प्रथम भेलाले पुर्णबहादुर दर्जीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । बेनी नगर कार्यसमितिको उपाध्यक्षमा ओमबहादुर बिक (ओलि), सचिवमा विदुर दर्जी, कोषाध्यक्षमा जमुना परियार, सहसचिवमा पुजा बराईली (पशुपति ) रहेको ४१ सदस्य... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्धारा दिपक माविलाई सहयोग ( तस्वीर सहित)

म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दिपक माध्यमिक विद्यालयलाई म्याग्दी जेसीजले पुस्तक र सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । आइतवार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दिप खत्री र निवर्तमान शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले विद्यालयका प्रअ विष्णु ढुंगाना र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुवेदीलाई ११... पुरा पढ्नुहोस

एमसीसी टेबल गर्न सत्ता गठबन्धनमा सहमति

काठमाण्डाै ८ फागुन । अन्तत् लामा रस्साकस्सीका बिच सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए । गठबन्धनमा सहमति भएपछि आजै... पुरा पढ्नुहोस

म्याग्दी जेसीजद्वारा ढोल्ठान दरबारमा पर्यटन प्रर्बद्धन

  म्याग्दी, ७ फागुन । प्रचार–प्रसार नहुदाँ ओझेलमा परेको बेनी नगरपालिका– ९ स्थित रहेको पर्यटकियस्थल ढोल्ठान दरबारमा म्याग्दी जेसिजले पर्यटन प्रबद्र्धन कार्यक्रम गरेको छ । १४ औं शताब्दीतामा बाईसे– चौविसे राजा बसेको ऐतिहासिक ढोल्ठान राजदरबारमा म्याग्दी जेसिजले शनिबार होडिङ बोर्ड राखेको हो । यूवाको नेतृत्व तथा ब्यक्तित्व विकास संगै स्थानीय... पुरा पढ्नुहोस

‘म्याग्दी प्रेस’ दैनिकको लोकापर्ण

म्याग्दी ७ फागुन । म्याग्दी सदरमुकाम बेनीबाट प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार देखि ‘म्याग्दी प्रेस’ देनिकको प्रकाशन शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख देवेन्दबहादुर केसीले पत्रिकाको लोकापर्ण गर्नुभएको हो । विगत एकदशक भन्दा वढी रेडियो र कलाकारिता क्षेत्रमा क्रियाशिल संचारकर्मी अमित विश्वकर्माले पत्रिकाको प्रकाशन गर्नुभएको हो ।  ... पुरा पढ्नुहोस

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन सुधारको खाँचो

  म्याग्दी, ६ फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनिय बनाउन निर्वाचनका नीति नियमलाई सुधार गर्न माग गरेका छन् । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले शुक्रबार आयोजना गरेको “निर्वाचन संचालन तथा ब्यवस्थापनमा सरोकारवालाहरुको भूमिका’’ विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले नागरिकले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अधिकार... पुरा पढ्नुहोस

बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया

म्याग्दी ६ फागुन । बेनीमा बाल विवाह, जातीय भेद्भाव एवं सामाजिक कुरीति बिषयक अन्र्तक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय र सहयोगमा सामुदायिक सेवा केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा प्रशिक्षण समेत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले समाजमा रहेका कुरीति... पुरा पढ्नुहोस

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ विद्यालय छनौट

बेनी, ६ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष म्याग्दीका ३५ विद्यालय छनोटमा परेका छन् । उक्त कार्यक्रमअन्तर्गग म्याग्दीमा छनोटमा परेका ती विद्यालयका लागि रु ६ करोड ३१ लाख बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापामगरले जानकारी दिनुभयो । बेनी नगरपालिकामा छनौटमा परेका १०... पुरा पढ्नुहोस

अनेमसंघ बेनी नगर कमिटिको अध्यक्षमा राम्जाली चयन

म्याग्दी ५ फागुन । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बेनी नगर कमिटिको अध्यक्षमा मिना राम्जाली मगर चयन हुनुभएको छ । बिहिबार पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेमसंघ बेनी नगरको भेलाबाट राम्जालीको अध्यक्षतामा ४९ सदस्यीय नगर कमिटि गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा बिष्णु गुरुङ, सचिवमा उषा किसान, उपसचिवमा सिता... पुरा पढ्नुहोस