‘गण्डकी समाज सभ्य समाज’ विषयमा अभिमुखीरकण

  • १० चैत्र २०७८, बिहीबार
  • 1680 पटक पढिएको

म्याग्दी, १० चैत । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयकमा अभिमुखीकरण कार्यक्रम भएको छ । सामाजिक विकृति न्युनीकरण, चेतनाको विकास र मर्यादित समाजको परिकल्पनालाई सार्थक बनाउने उद्देश्यले आयोजित कार्यक्रममा २५ जना सामाजिक विषयका शिक्षकहरुको सहभागिता थियो ।

शिक्षा तालिम केन्द्रमा भएको कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले नागरिक कतव्र्य विषयमा, शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्र गुरुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक इन्द्रबहादुर नेपालीले कानुन र ट्राफिक नियम सम्वन्धी र कार्यालय प्रमुख थापाले सामाजिक कुरिति, अन्धविश्वास र छुवाछुत विषयमा कार्यालय प्रमुख थापाले जानकारी गराउनुभएको थियो ।

सभ्य समाज निर्माणका लागि व्यक्तिहरुमा शिष्टता, शालिनता, सभ्यता र असल संस्कार सिकाउन शिक्षकहरुको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ । समाजमा रहेका अन्धविश्वास, कुरितहरु हटाउन, सभ्य र असल संस्कारको संरक्षण गर्न सामाजिक दायित्व निर्वाह गर्न सक्ने नागरिक तयार गर्न, किशोर किशोरीहरुलाई समय र तनाव व्यवस्थापन गर्न सक्ने क्षमता विकास गर्न विद्यालयलाई समुदायमा परिचालन गरी चेतनामुलक कार्यक्रम सञ्चालन गर्न लागि यस कार्यक्रम गरिएको कार्यालय प्रमुख थापाले भन्नुभयो । सामाजिक विकास कार्यालयका प्रमुख थापाको अध्यक्षता र अधिकृत छैटौ बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रमको जिल्ला समन्वय अधिकारी जानुका सुवेदीले उद्घाटन गर्नुभएको थियो ।