गुराँसले ढकमक्क बन्यो स्वर्गाश्रम क्षेत्रको जंगल (फोटो फिचर)

म्याग्दी ९ चैत। बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम क्षेत्र यतिबेला ढकमक्क फुलेको लालिगुराँसले रङ्गीविरङ्गी बनेको छ । चैत महिनाको सुरुवातदेखि नै यहाँका जंगलमा रहेका लालिगुराँसका बोटमा फुल फुल्न सुरु भएको थियो । भकिम्लीदेखि स्वर्गाश्रम हुँदै बेलढुंगा सम्मको क्षेत्र यतिबेला आन्तरिक पर्यटकहरुको लागि आकर्षण बनेको छ ।

सडक सञ्जालको पहुँच पुगेको कारण यस क्षेत्रमा गुराँसे जंगलमा रमाउनका लागि विदाको दिनमा आन्तरिक पर्यटकहरुको भिड नै लाग्ने गरेको छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा समेत परिचित छ । समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाईमा अवस्थित स्वार्गाश्रम प्राकृतिक रुपमा रमणीय र धार्मिक ऐतिहाँसिक महत्व बोकेको भएपनि प्रचार प्रसारले यो क्षेत्र अझै ओझेलमा परेको छ । पछिल्लो समय यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले भने तिब्रता पाएको छ । तस्वीर : कमल खत्री

अन्य फोटो ग्यालरीमा जानुहोस्