नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका विश्वकर्मा निर्वाचित

  • १० चैत्र २०७८, बिहीबार
  • 759 पटक पढिएको

म्याग्दी १० चैत । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिबमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो ।


नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने सहसचिब पदमा निर्वाचित हुनुभएको हो । गत मंसिर २७ गते सम्पन्न अधिवेशनले माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्षमा गायत्री गुरुङ ‘कुसुम’ सर्वसम्मत भएपनि अन्य पदहरुमा सर्वसम्मत नभएपछि पूर्ण बैठकबाट टुंगो लगाउन खोजिएपनि सर्वसम्मत नभएपछि मतदान भएको थियो ।

मतदानबाट उपाध्यक्षहरुमा गुणाखर बस्याल, मित्रशरण शर्मा, ज्ञामनाथ गैह्रे, सचिबमा जगन्नाथ खनाल, सहसचिबमा म्याग्दीका टेकबहादुर विश्वकर्मा, मेख बहादुर भण्डारी, अतिन्द्रकेशरी न्यौपाने र कोषाध्यक्षमा तारा भुषाल निर्वाचित हुभएको छ । उपाध्यक्षमा ६ जना, सचिबमा दुई जना, सहसचिबमा ६ जना र कोषाध्यक्षमा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।