दरबाङ प्राथमिक स्वस्थ्य केन्द्रलाई सामाग्री सहयोग

  • ९ चैत्र २०७८, बुधबार
  • 760 पटक पढिएको

म्याग्दी ९ चैत । म्याग्दीमा स्वास्थ्य क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको वान हार्ट वल्र्डवाईड, म्याग्दीद्धारा प्राथमिक स्वास्थ्य केन्द्र दरबाङलाई सामाग्री सहयोग गरिएको छ । केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मातृ तथा नवजात शिशुको स्याहार सम्बन्धी तालिमका लागि आबश्यक पर्ने स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

उक्त संस्थाले स्वास्थ्यकर्मीहरुलाई मातृ तथा नवजात शिशुको स्याहार सम्बन्धी तालिम समेत दिने गरेको छ । उक्त सामाग्री वान हार्ट वल्र्डवाईड म्याग्दीका ट्रेनिङ फिल्ड सुपरभाइजर सृजना गौतमले स्वास्थ्य केन्द्रका डाक्टर रोशन आचार्य, वडा अध्यक्ष सन्तनाथ जैसी र मालिका गाउँपालिकाका योजना अधिकृत सोम बहादुर केसीलाई हस्तान्तरण गर्नुभएको थियो । यस संस्थाले जिल्लाको विभिन्न स्थामा रहेका बर्थिङ सेन्टरहरुमा गुणस्तर सुधारमा समेत स्वास्थ्य सामाग्रीहरु समेत सहयोग गर्दै आएको छ ।