ताजा अपडेट

माओेवादी केन्द्रले वडा र पालिकास्तरीय निर्बाचन समितिको संयोजक तोक्यो

  म्याग्दी,२४ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन समिति गठनका साथै अभिमुखीकरण गरेको छ ।... पुरा पढ्नुहोस

प्रदेश सरकारको कारखाना: १४ जना मुख्यमन्त्री, १२४ मन्त्री

काठमाडौं । संविधानअनुसार देश संघीय संरचनामा गएपछि मुलुकमा तीन तहका सरकारले काम गरिरहेका छन् । २०७२ मा नयाँ संविधान जारी भएपछि २०७४ सालमा सोही संविधानअनुसार स्थानीय, प्रदेश र संघमा निर्वाचन भएर तीनै तहका सरकार बनेका हुन् । तीन तहका सरकारमध्ये प्रदेश सरकार र यो संरचनाकै बारेमा पनि बेला– बेलामा प्रश्न... पुरा पढ्नुहोस

पुलाचौरमा भएको सामुहिक बलात्कार घटनाका आरोपीत सार्वजनिक

म्याग्दी २२ कात्तिक । बेनी नगरपालिका–५ मा भएको सामुहिक बलात्कारको घटनामा संलग्न तीन जना आरोपी युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।      सोमबार जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पत्रकार सम्मेलन मार्फत आरोपीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले सोमबार जिल्लाबाहिरबाट पक्राउ गरेको थियो । कात्तिक २ गते... पुरा पढ्नुहोस

बालगृहमा रहेका बालबालिकाहरुले लगाय सामुहिक भाइटिका

  बेनी २० कात्तिक । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा रहेका म्याग्दीका छोरी बुहारीहरुले स्थापना गरेको 'उई केयर एण्ड लभ'... पुरा पढ्नुहोस

आज तिहारको भाइटीका, बिहान ११ः०२ मा भाइटीकाको उत्तम साइत

म्याग्दी २० कात्तिक ।  आज तिहारको भाइटीका । यस वर्षको भाइटीकाको उत्तम साइत शनिबार बिहान ११ः०२ मिनेटमा रहेको छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।... पुरा पढ्नुहोस

म्याग्दीमा नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

बेनी, १९ कात्तिक । म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत... पुरा पढ्नुहोस

स्व.हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार रेग्मीलाई प्रदान

म्याग्दी १९ कात्तिक । क्रियाशील पत्रकार महिला (डब्लु डब्जु जे ) गण्डकी प्रदेश समितिद्वारा संचालित स्व .हरिश्चन्द्र वाग्ले क्रियाशील महिला पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार रेखाकौशल रेग्मीलाई प्रदान गरिएको छ। विहिवार एक कार्यक्रम वीच गण्डकी प्रदेश सरकारका कानुन ,संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दु कुमार थापाले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको हो... पुरा पढ्नुहोस

गुर्जामा स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित

म्याग्दी १९ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित भएका छन् । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा शुक्रवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत रहनभएका डाक्टर लोकेन्द्र छन्त्यालको समन्वयमा शिविर सम्पन्न... पुरा पढ्नुहोस

मल्कबाङमा स्वास्थ्य चौकीको भवन अलपत्रः सेवाग्राही मर्कामा

म्याग्दी, १८ कात्तिक .म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वाथ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाह समेत प्रभावित भएको छ । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण... पुरा पढ्नुहोस

एमाले चिमखोला वडा कमिटीका उपाध्यक्ष काँग्रेसमा प्रवेश

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा एमाले वडा कमिटीका उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । हालै पुर्नगठन भएको एमालेको वडा कमिटी उपाध्यक्ष इन्द्रबहादुर बुढा सहितका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । नेपाली काङ्ग्रेस रघुगगा गाउपालिका वडा नं. ७ चिमखोला वडा कार्यसमितिले शुभ दिपावलीको अबसरमा आयोजना गरेको... पुरा पढ्नुहोस