आहा ! पर्यटकीय दुरलेकको गुराँसे जंगल ( फोटो फिचर)


बेनी, ३ वैशाख । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा अवस्थित पर्यटकीय स्थल दुरलेकको जंगलमा ढकमक्क फुलेको लालीगुराँस। समुन्द्री सतहदेखि ३ हजार ४८३ मिटर उचाइमा अवस्थित दुरलेख हिमशृङखला र ग्रामिण भुगोलको अवलोकनका लागि प्रख्यात मानिन्छ ।

यहाँ नयाँ बर्ष वैशाख १ गतेका दिन आन्तरिक पर्यटकहरुको भिडभाड नै लाग्ने गर्छ । यो क्षेत्रमा अहिले गुराँसे जंगलले राताम्मे भएको छ । मनोरम हिमशृङखलासंगै गुराँसको वनले पर्यटकहरुलाई लोभ्याउने गरेको छ । यस क्षेत्रको पर्यटन विकासका लागि मालिका गाउँपालिकाले अग्रसरता देखाएको छ ।

तस्वीर : धिरन खत्री

अन्य फोटो ग्यालरीमा जानुहोस्