मंगला– ५ बाट तारा क्षेत्रीले वडा सदस्यमा उम्मेदवारी दिने

  • २ बैशाख २०७९, शुक्रबार
  • 788 पटक पढिएको

म्याग्दी २ वैशाख । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनबाट वडा सदस्यमा तारा क्षेत्रीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफुले वडा सदस्यमा उम्मेदवारी दिने उहाँले बताउनुभयो । पार्टीको संगठन बन्दै गरेकाले तत्काल वडाबाट वडा सदस्यमा मात्रै उम्मेदवारी दिने तयारी भएको उहाँले बताउनुभयो ।

अन्य पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरु समेतको सुझाबमा आफु वडा सदस्यमा उम्मेदवारी दिने तयारीमा पुगेको क्षेत्रीले बताउनुभयो । क्षेत्री सामाजिक कार्यहरुमा समेत सक्रिय हुनुहुन्छ । उहाँले समग्र युवाहरुको प्रतिनिधित्व गर्दै आफु स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेको समेत बताउनुभयो ।