नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत

  • २ बैशाख २०७९, शुक्रबार
  • 671 पटक पढिएको

म्याग्दी २ वैशाख। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत चयन हुनुभएको छ । शुक्रवार बेनीमा बसेको काँग्रेस म्याग्दीको पदाधिकारी बैठकले शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विहिवार नेपाली काँग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आँकाक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ जनाकै समर्थनमा शर्मालाइृ सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिनुभयो ।

नगरसमितिले मेयरमा १० जना र उपमेयरमा ३ जना आकांक्षीहरुको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको थियो । काँग्रेसबाट मेयरको उम्मेदवार बन्न लाग्नुभएका बेनी नगरपालिका–१० पात्लेखेत निवासी शर्मा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत हुनुहुन्छ ।