ताजा अपडेट
डम्मरामा दुई सवारीसाधनमा आगलागी
- 4 बर्ष, 26 दिन अगाडि
- १७ चैत्र २०७८, बिहीबार
बेनी, १७ चैत । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा दुई सवारीसाधनमा आगलागी भएको छ । विहिबार विहान करिब ४ बजे रोकेर राखिएका भ्यान र ट्याक्सीमा अज्ञात ब्यक्तिबाट आगलागी भएको हो । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा आगलागी भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा पुँजीगत खर्च ३१ प्रतिशत
- 4 बर्ष, 26 दिन अगाडि
- १७ चैत्र २०७८, बिहीबार
म्याग्दी, १६ चैत । चालु आर्थिक बर्षको आठ महिनामा बेनी नगरपालिकामा पुजीगत खर्च ३१ प्रतिशत भएको छ । नगरपालिकामा पुँजीगततर्फ रहेको २५ करोड ३९ लाख ११ हजार रुपैया कुल बजेटमध्ये ७ करोड ९४ लाख ६९ हजार ८६९ रुपैयाँ बजेट खर्च भएको हो । नगरपालिकाको ४ सय ६९ वटा योजनाहरु र... पुरा पढ्नुहोस
खानेपानी सुविधाले फेरियो दैनिकी
- 4 बर्ष, 26 दिन अगाडि
- १७ चैत्र २०७८, बिहीबार
रत्नेचौर . १६ चैत । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका विभिन्न बस्तीमा निजी धारासहितको खानेपानी आयोजना निर्माण भएपछि स्थानीयवासीको दैनिकी फेरिएको छ । खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत, सरसफाइमा सहयोगका साथै दैनिकी फेरिएको हो । बेनी नगरपालिका–१ लामगराकी इन्द्र घर्तीले आँगनमै धारा बनाएपछि गाग्री, ग्यालिन र... पुरा पढ्नुहोस
काठैकाठको घर ( तस्वीर )
- 4 बर्ष, 26 दिन अगाडि
- १७ चैत्र २०७८, बिहीबार
बेनी, १७ चैत : पुनहिल–मोहरेडाँडा पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को पर्यटकीय स्थल तीन पोखरीमा रहेको काठैकाठले बनेको घर । यस क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि यो घर आकर्षण बनेको छ । तस्वीर : राकेश शर्मा पुरा पढ्नुहोस
हेम माविमा अखिल क्रान्तिकारी गठन
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी १६ चैत । धवलागिरि गाउँपालिका–७ शिवाङ्गमा रहेको हेम माध्यमिक विद्यालयमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी गठन गरिएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच संगिता भन्डारीको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिउको हो । समितिमा रुपेस सुनार उपाध्यक्ष, सुवास विक सचिव , कृस्टीना गुरुङ कोषाध्यक्ष , वेग... पुरा पढ्नुहोस
धवलागिरि –७ मा माओवादीबाट अशोक खत्री वडा अध्यक्षका उम्मेदवार
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी, १७ चैत । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा वडातहबाट उम्मेदवार छनौटलाई तिब्र पारेको छ । धवलागिरि गाउँपालिका ७ को वडा कमिटीको बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षमा अशोक खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्य... पुरा पढ्नुहोस
कला संस्कृतीको संरक्षण गर्न नयाँ वर्षमा गलकोट कन्सर्ट
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
थम्मन थापा बागलुङ चैत १६ । कोरोना माहामारी घटदै जान थालेपछि अहिले देशभर मेला महोत्सवहरु बाक्लै आयोजना हुने गरेका छन । लामो समय मेला महोत्सव नहुँदा दर्शकहरुलाई सांस्कृतिक प्यास मेटने अवसर मिलेको थिएन अहिले मेला, महोत्सव, कन्सर्ट हुन लागेपछि देशका अमुल्य गहना कलाकारहरु पनि व्यस्त हुन थालेका छन । दर्शकलाई... पुरा पढ्नुहोस
जलजलामा कांग्रेस र एमाले परित्याग गरि दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
पर्वत, १६ चैत। पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसका कृयाशिल सदस्य जलजला गाउँपालिका सदस्य थम वहादुर थापाको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रको घरदैलो कार्यक्रमका क्रममा प्रवेश गरेका हुन्। प्रवेश गर्नेहरुमध्ये धाइरिङकै युवाहरू गंगाराम पुन,एकेन्द्र थापा, रेशम बुढा,... पुरा पढ्नुहोस
मौवाफाँटमा महिला अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
म्याग्दी १६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधवार महिला अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा संविधानमा व्यवस्था भएको महिलाको हक र व्यवहारिक कार्यान्वयनको अवस्थाबारे छलफल गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायाधिस तेजनारायण पौडेलले संविधानमा महिलाका हक हित र... पुरा पढ्नुहोस
अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन
- 4 बर्ष, 27 दिन अगाडि
- १६ चैत्र २०७८, बुधबार
काठमाडौं, १६ चैत । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको हो । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय... पुरा पढ्नुहोस