‘हात समाई संगै नाचौँला’ गीतको म्युजिकि भिडियो सार्वजनिक ( भिडियो सहित)

  • २ बैशाख २०७९, शुक्रबार
  • 1203 पटक पढिएको

 

म्याग्दी २ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीका सर्जक कृष्ण पुर्जाले तयार गर्नुभएको ‘हात समाई संगै नाचौँला’ बोलको कौडा गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । शिक्षक समेत रहनुभएका सर्जक पुर्जाको स्वर रहेको उक्त गीतमा तारा श्रीस मगरको समेत स्वर रहेको छ ।

एल.बि. पुनको एरेन्ज रहेको गीतको म्युजिक भिडियोमा नागी स्थित हिमाञ्चल माध्यमिमक विद्यालयका कलाकारहरुले नै अभिनय र नृत्य गरेका छन् । कमल पुनले छायांकन गर्नुभएको म्युजिक भिडियो छवि राना मगरले सम्पमादन गर्नुभएको हो । गीतको निर्माण जसमायाँ पुर्जा पुनले गर्नुभएको हो । म्युजिक भिडियोलाई नागी क्षेत्रमा छायांकन गरिएको थियो ।