ताजा अपडेट
गरिमा विकास बैंकको १५ औं वार्षिकोत्सवमा रक्तदान
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
म्याग्दी, ७ मंसिर । गरिमा विकास बैंकले आफ्नो १५औं बार्षिकोत्सवको अवसरमा मंगलबार सदरमुकाम बेनीमा बृहत रक्तदान कार्यक्रम गरेको छ । बेनी नरपालिकाका मेयर हरिकुमार श्रेष्ठले ब्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको सुरुवात गदैं वित्तिय कारोबारसँगै बैंकले सामाजिक उत्तरदाहित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तिय साक्षरता सहितका सामाजिक कार्यमा सहयोग गर्ने गरेको बताए ।... पुरा पढ्नुहोस
माओवादीको दानामा वडा कमिटी गठन
- 3 बर्ष, 2 महिना अगाडि
- ७ मंसिर २०७८, मंगलवार
बेनी, ७ मंसिर । नेकपा माओवादी केन्द्रको अन्नपूणर् गाउँपालिका-३ दानामा थमबहादुर बिकको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । दानामा सोमबार भएको प्रथम वडा अधिबेशनले गठन गरेको २९ सदस्यीय कमिटीको उपाध्यक्षमा माया बिक, सचिबमा संगिता सार्की बिक, कोषाध्यक्षमा सुकबहादुर बिक र सहसचिबमा बिनोद सेञ्चुरी रहनुभएको छ । यसैगरी बुद्धीसुवा... पुरा पढ्नुहोस
शान्ति समाज म्याग्दीको अध्यक्षमा गौतम
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
बेनी, ६ मंसिर । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ । सदस्यहरुमा... पुरा पढ्नुहोस
माओवादी केन्द्र विमको वडा अध्यक्षमा होमबहादुर जुग्जाली
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
म्याग्दी, ६ मंसिर । म्याग्दीको मालिका गाउँपालिका- ७ विममा नेकपा माओवादी केन्द्रको वडा अध्यक्षमा होमबहादुर जुग्जाली सर्वसम्मत चयन हुनुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितमा सोमबार विममा जुग्जालीको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी गरिएको हो । कमिटीको उपाध्यक्षमा सरु श्रीपाली, सचिवमा टंकलाल शर्मा, सह-सचिवमा देबराज जुग्जली... पुरा पढ्नुहोस
१९ औँ संस्करणको जेसीजकप मंसिर २१ देखि सुरु हुने
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
म्याग्दी ६ मंसिर । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन हुने १९ औँ संस्करणको प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा... पुरा पढ्नुहोस
सहिद स्मारक ए डिभिजन लिगमा म्याग्दीका निराजनको डेब्यु
- 3 बर्ष, 2 महिना अगाडि
- ६ मंसिर २०७८, सोमबार
म्याग्दी ६ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्रीले ए डिभिजन लिगमा डेब्यु गरेका छन् । काठमाण्डौमा जारी सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबबाट खत्रीले सहभागीता जनाएका हुन् । दशरथ रंगशालामा मनाङ मर्स्याङ्दीसंगको खेलमा जावलाखेलको टोलीमा खत्रीले मिडफिल्डरको रुपमा खेलेका छन् । अनुभवि... पुरा पढ्नुहोस
७ बर्षीय बालिका बलात्कृत
- 3 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७८, आईतवार
म्याग्दी, ५ मंसिर । ७ बर्षीय बालिकालाई बलात्कृत गर्ने जिल्लाको मंगला गाउँपालीका ५ का ४७ बर्षिय थम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । फिल्म हेर्न जाम भनी ललाई फकाइ गरेर बिकले गत कार्तिक १८ गते बालिकालाई जबरजस्ती बलात्कार गरेको उजुरी अनुसार पक्राउ गरेको हो । उजुरी लगत्तै इलाका... पुरा पढ्नुहोस
सुन्तलाको दाना झर्न थालेपछि कृषक चिन्तित
- 3 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७८, आईतवार
म्याग्दी, ५ मङ्सिर । पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा ९औसा० परेर धमाधम झर्न थालेको बताउनुभयो । “गत वर्ष रु एक लाखको सुन्तला बेचेको थिए... पुरा पढ्नुहोस
राजनीतिक दलको पदमा चुनिएका महासंघ सदस्यहरुलाई पत्रकार महासंघले कारवाही गर्ने
- 3 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७८, आईतवार
काठमाण्डाै ५ मंसिर । नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति प्रकाशित गर्दै महासंघमा आवद्ध पत्रकारहरु बिभिन्न पार्टीको बिभिन्न पदमा उम्मेदवार हुने, मनोनित... पुरा पढ्नुहोस
कांग्रेस म्याग्दीकाे जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन
- 3 बर्ष, 2 महिना अगाडि
- ५ मंसिर २०७८, आईतवार
म्याग्दी ५ मंसिर ५। कांग्रेस म्याग्दीस् जिल्ला कार्यसमितिको कोषाध्यक्षमा अमृतमान शेरचन चयन हुनुभएकाे छ । सातौं अधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस म्याग्दीको पहिलो पुर्ण बैठकले कोषाध्यक्ष सहित विभिन्न निर्णय गरेको छ । नवनिर्वाचित सभापति खमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको पहिलो पुर्ण बैठकले जिल्ला अधिवेसनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा लोकप्रिय मत ४ सय... पुरा पढ्नुहोस