ताजा अपडेट
एमालेबाट रत्नेचौरको वडा अध्यक्षको उम्मेदवारमा टेक बहादुर थापा मगर
- 3 बर्ष, 10 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
म्याग्दी १९ चैत । नेकपा एमालेले बेनी नगरपालिका १ रत्नेचौरमा टेक बहादुर थापा मगरलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । शनिबार आयोजित वडा कमिटीको बैठकबाट वडा कमिटिका अध्यक्ष समेत रहुनुभएका थापा मगरलाई सर्बसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरिएको हो । थापा बेनपा १ रत्नेचौर उपल्लाचौर निबासी हुनुहुन्छ । वडा सचिवको... पुरा पढ्नुहोस
चिमखोले डोको बुन्दै (तस्वीर)
- 3 बर्ष, 10 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
बेनी, १९ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाको पात्लेखेतमा चोयाँको डोको बुन्दै स्थानीय । चिमखोले डोकोको नामले प्रख्यात यहाँको डोकोलाई शहरी हुँदै प्रवाससम्म उपहारको रुपमा समेत लैजाने चलन रहेको छ । पछिल्लो समय चिमखोलो डोकोको लोकप्रियता बढेको छ भने डोको बुन्ने शिप नयाँ पुस्तामा हस्तान्तरणमा भने समस्या देखिएको छ ।... पुरा पढ्नुहोस
प्रेस सेन्टर बागलुङको अभियान एक पालिका, एक पत्रकार
- 3 बर्ष, 10 महिना अगाडि
- १९ चैत्र २०७८, शनिबार
बागलुङ चैत १९ । प्रेस सेन्टर नेपाल बागलुङले आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरि ‘एक पालिका, एक पत्रकार’ खटाउने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनलाई मर्यादित, व्यवस्थित र प्रभावकारी रुपमा सञ्चार माध्यमको तर्फबाट भुमिका निर्वाह गर्दै सामाग्री प्रकाशन, प्रसारण गर्ने उद्देश्यले जिल्लाका दश वटा पालिकामा... पुरा पढ्नुहोस
मालिका गाउँपालिका–३ मा माओवादीबाट वडा अध्यक्षमा मोतिप्रसाद बुढा उमेद्वार चयन
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावमा म्याग्दीको मालिका गाउँपालिका–३ मा मोतिप्रसाद बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । डाडागाउँ स्थित माओवादीको वडा पार्टी कार्यालयमा शुक्रबार बसेको बैठकले बुढालाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको छ । वडा इञ्चार्ज बलबहादुर... पुरा पढ्नुहोस
ताकमका अशोक खत्रीको खेलकुद देखि राजनीतिक यात्रा
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
ताकम, १८ चैत । म्याग्दीको धवलागिरी गाउँपालिमा खेलाडीको रुपमा पहिचान बनाएका ताकमका ३० वर्षीय अशोक खत्री राजनीतिमा आउनुभएको छ । भलिबल, बास्केटबल खेलसँगै खत्रीले ताकमकोत लगायतका मेलामा छेलो फाल्ने प्रतियोगितामा बिजयी भएर नाम कमाउनु भएको छ । ताकमको धवलागिरी जनयुवा क्लवका सल्लाहकार खत्री करिब एक दशक सम्म भलिबल र... पुरा पढ्नुहोस
स्वर्गिय ईन्जिनियर थापाको प्रथम स्मृति दिवसमा प्रेम स्मृतिग्रन्थ लोकार्पण
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बागलुङ चैत १८ । स्वर्गिय ईन्जिनियर प्रेम थापाको प्रथम स्मृति दिवसको अवसरमा प्रेम स्मृतिग्रन्थ लोकार्पण गरिएको छ । गलकोट नगरपालिका वडा नं ७ मल्ममा जन्मेका स्वर्गिय थापाको निवास बागलुङ नगरपालिका–१ रामरेखामा एक कार्यक्रमका बिच बगाले थापा क्षत्री समाज धौलागिरीका अध्यक्ष तथा पुर्व एस एस पी भिम बहादुर थापाले लोकार्पण गरेका... पुरा पढ्नुहोस
शान्ति समाजको हिमालय बचाउ, नदी जोगाउँ अभियान
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । मानवअधिकार तथा शान्ति समाजले ‘हिमालय बचाउँ, नदी जोगाउ’ अभियान सञ्चालन गरेको छ । गोरखाबाट बिहिबार शुरु भएको अभियान अन्तरगत शुक्रबार म्याग्दीको बेनी, बागलुङ र पर्वतको कुश्मामा सन्देशमुलक ¥याली र कोणसभा भएएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार’ भन्ने मुल नाराका... पुरा पढ्नुहोस
रिटार्यड जिवन राजनीति मार्फत जनताको सेवामा सपर्मण गर्न चाहन्छु : नरबहादुर भण्डारी
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
म्याग्दी १८ चैत । रघुगंगा गाउँपालिका–२ देउपूर्णका नरबहादुर भण्डारी रिटायर्ड जिवनलाई समाजसेवामा खर्चिरहनुभएको छ । भारतीय सैनिकबाट अवकास लिएपछि नेपालमा दिगो शान्ति स्थापनाको लागि तत्कालिन समयमा स्थापना भएको संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)मा समेत खटिनुभएका भण्डारी त्यहिँबाटै माओवादी आन्दोलनको संघर्षबाट प्रभावित भएर पार्टीसंग जोडिनुभएको थियो । जागिर छाडेर गाउँ फर्किएपछि नै... पुरा पढ्नुहोस
आहा ! सिवाङ्ग गाउँ ( तस्वीरमा)
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा अवस्थित सिवाङ्ग गाउँ । सडक सञ्जाल, टिन र ढुंगाले छाएका घरहरुसंग देखिने ग्रामिण भू–बनोट लोभलाग्दो छ । यहाँ कक्षा १२ सम्मको पठनपाठन हुने हेम माध्यमिक विद्यालयमा नमुना आवसीय विद्यालय सञ्चालनमा छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुना जाने सडक सञ्जाल यसै गाउँ हुँदै... पुरा पढ्नुहोस
विपन्न परिवारलाई जस्तापाता वितरण ( तस्वीर )
- 3 बर्ष, 10 महिना अगाडि
- १८ चैत्र २०७८, शुक्रबार
बेनी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका अध्यक्षसंग सुकुम्बासी व्यवस्थापन कार्यक्रम अन्तरगत विपन्न परिवारलाई जस्तापाता वितरण गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी लगायत । गाउँपालिकाभित्रका अति विपन्न १७ घरधुरीलाई घर छाउनका लागि जस्तापाता वितरण गरिएको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस