ताजा अपडेट

म्याग्दी नदीमा सम्झौता भन्दा बढी उत्खनन्

म्याग्दी, ११ माघ । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा सम्झौता भन्दा बढी उत्खनन् भएको छ । सम्झौता भन्दा बढी नदीजन्य बस्तुहरु निकालेको जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनबाट भेटाएको छ । कानुनमा रहेको नदीजन्य बस्तु उत्खनन् सम्वन्धी नियम, प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन र बेनी नगरपालिकासंग भएको सम्झौता विपरित जुम्ली निर्माण... पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको दबाव

निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले एक विज्ञप्तिमार्फत तत्काल चुनावको मिति तोक्न सरकारलाई आग्रह गरेको हो । निर्वाचनको मिति तोक्न जति विलम्ब हुँदै जान्छ निर्वाचन व्यवस्थापनको काम त्यति नै जटिल बन्दै जाने भन्दै आयोगले छिटो निर्वाचनको मिति तोक्न आग्रह गरेको हो... पुरा पढ्नुहोस

बासखर्क गाउँनै सुन्तला खेतीबाट आत्मनिर्भर : यस बर्ष ४ करोड आम्दानीे (फोटोफिचर)

म्याग्दी, १० माघ । सुन्तला गाउँको रुपमा परिचित पर्वतको जलजला गाउँपालिका– १ बासखर्क गाउँमा यस बर्ष सुन्तला विक्रिबाट ४ करोड रुपैया बढी आम्दानी गर्ने भएका छन् । गाउँभरीनै सुन्तला लगाएका कृषकले ब्यापारीहरु उचित मूल्य दिएर बगैचामा आएपछि सो बराबरको आम्दानी हुने भएको हो । बाँसखर्कका ब्यावसायिक सुन्तला कृषक जगतबहादुर खत्रीले... पुरा पढ्नुहोस

सुन्तलाको उत्पादन बढाउन प्लास्टिकको बोरा प्रभावकारी

म्याग्दी, ९ माघ । सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ । चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको संक्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो । बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित... पुरा पढ्नुहोस

कालीपुल–बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी

  बेनी, ९ माघ । म्याग्दीको सदरमुकाम बेनी देखि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट जोड्ने बेलिब्रिज निर्माणको तयारी भएको छ । सडक डिभिजन कार्यालय बाग्लुङका प्रमुख बलिराज मल्ल, इञ्जिनियर बिजय शर्मा लगायतको टोलीले बेलिब्रिज राख्ने सम्भाबित ठाउँको निरिक्षण गर्नुभएको थियो । निर्माण स्थलमा जग्गा बिवाद नभएको प्रतिबद्धता, प्राबिधिक रुपमा उपयुक्त भएमा बजेट... पुरा पढ्नुहोस

म्याग्दी जेसिजमा पदभार ग्रहण

बेनी, ९ माघ । म्याग्दी जेसिजमा २०२२ का लागि नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् । म्याग्दीको जेसिजको २३ औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा जेसिजको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । कार्यक्रममा २०२१ का अध्यक्ष विरेन्द्र श्रेष्ठले २०२२ को... पुरा पढ्नुहोस

साधारणसभाबाट आगामी बर्षलाई ‘भ्रमण बर्ष’ घोषणा गर्न माग

म्याग्दी, ८ माघ । पर्यटन प्रवर्धनसंगै ब्यवसायीको अर्थतन्त्रलाई मजबुद र चलायमान गराउनका लागि म्याग्दी उद्योग बाणिज्य संघले २०७९÷८० साललाई ‘भ्रमण बर्ष’ घोषणा गर्न नेपाल सरकार समक्ष पहल गर्ने भएको छ । कोरोना महामारीले थलिएको ब्यवसायीको लगानीलाई चलायमान गराउन संघको २८ औं बार्षिक साधारणसभाबाट आगामी बर्षलाई ‘भ्रमण बर्ष’ मनाउन लागि सरकार... पुरा पढ्नुहोस

म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा उद्घाटन (तस्बिर)

बेनी, ८ माघ । म्याग्दी उद्योग बाणिज्य संघको २८ औँ बार्षिक साधारण सभाको शनिवार उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य कुबिर कुमार श्रेष्ठ लगायत । संघले कोरोना महामारीलाई मध्यनजर गर्दै संघको सभाहलमा उद्घाटन समारोह र बन्द सत्रलाई जुम मार्फत भर्जुअलबाट समेत साधारणसभामा सहभागी हुने व्यवस्था मिलाइएको छ ।... पुरा पढ्नुहोस

लायन्स क्लबको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरमा म्याग्दीका केसीको उम्मेदवारी(भिडियाे सहित)

म्याग्दी ७ माघ । मानवीय सेवामा संलग्न विश्वकै ठुलो सामाजिक संस्थाको रुपमा परिचित लायन्स क्लब अन्तराष्ट्रिय ३२५ बि १ नेपालको प्रथम भाईस डिष्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ । म्याग्दी र पर्वतका १० वटा लायन्स क्लबहरुको तर्फबाट केसीले सन २०२२/२३ का लागि माघ २९ गते पोखरामा... पुरा पढ्नुहोस

चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमणा देखीएपछि बेनी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

म्याग्दी ७ माघ । म्याग्दीको बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा एक हप्ताका लागि बन्द भएको छ। चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको अस्पतालमा भिड ब्यवस्थापन गर्न माघ ९ गतेदेखि १५ गतेसम्म सेवा बन्द गरेको हो। अस्पतालमा कार्यरत १५ जना चिकित्सक र स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि आइसोलेशनमा बसेका... पुरा पढ्नुहोस