मलम्पारका छन्त्याललाई उपचारमा आर्थिक अभाब, सहयोग गरीदीन सबैमा अपील

  • १६ बैशाख २०७९, शुक्रबार
  • 1051 पटक पढिएको

म्याग्दी, १६ बैशाख । जटिल रोगले ग्रसित भएका म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङका रनबहादुर छन्त्याललाई उपचारमा आर्थिक अभाव भएको छ । मल्कवाङस्थित मलम्पार स्थायी ठेगना भएका ३० बर्षिय युवा छन्त्यालमा मुटु, कलेजो, मृगौला र हाइड्रोशिलमा समस्या देखिएपछि परिवारले उहाँको उपचार गराउदै आउनुभएको छे ।


पोखरास्थित गण्डकी अस्पतालमा विगत ६ महिनादेखि परिवारले उन्को उपचार गर्दै आएको छ । उपचारको क्रममा छन्त्यालमा समस्या जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाण्डौका शिक्षण अस्पताल मनमोहन कार्डियोथोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टरमा उपचार गराउन आर्थिक अभाव भएको हो ।


३० बर्षिय छन्त्यालको विगत ६ महिनादेखि उपचार भईरहेको छ । तर, थप उपचारका लागि परिवारमा आर्थिक समस्या छ । छन्त्यालको उपचारका लागि आर्थिक सहयोग गरिदिन उन्की श्रीमती रिया छन्त्यालले सबैमा अपिल गर्नुभएको छ । कमाउने र रमाउने परिवारको पालनपोषण जिम्मेवारीलाई कलिलै उमेरमा रनबहादुर छन्त्यालकी श्रीमतीलाई श्रीमानको उपचारको आर्थिक जुटाउन र दुई साना छोराको पालनपोषण र शिक्षादिक्षामा समस्या देखिएको छ । स्वदेश तथा विदेशमा रहेका म्याग्देली लगायत नेपाली दाजुभाईलाई आर्थिक सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको छ ।

थप जानकारीका लागि रिना छन्त्यालको मोवाईल नम्वर : ९८४४९०२७३४