मंगला गाउपालिकामा ७ जनाको उम्मेदवारी फिर्ता
- १६ बैशाख २०७९, शुक्रबार
- 611 पटक पढिएको
म्याग्दी १६ वैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि म्याग्दीको मंगला गाउँपालिकामा मनोनयन दर्ता गराएकामध्ये ७ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । अध्यक्ष र उपाध्यक्ष सहित २७ जना जनप्रतिनिधिको पदका लागि १०५ जनाको मनोनयन दर्ता भएकोमध्ये एक अध्यक्ष र दुई उपाध्यक्ष पदका उम्मेदवार सहित ७ जनाले मनोनयन फिर्ता गनुृभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।
मंगलामा एकिकृत (नेकपा समाजवादी)बाट गाउँपालिका अध्यक्षमा उम्मेदवार दिनुभएका रुद्र किसान, उपाध्यक्षका उमेदवार कल्पना सापकोटा , मंगोल नेशनल अर्गनाइजेशनबाट उपाध्यक्षका उम्मेदवार बन्नुभएका भुमि घर्ति र स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेदवार बन्नुभएका टंकप्रसाद बुढाथोकीले उम्मेदवारी फिर्ता गर्नुभएको छ । त्यसैगरि एकिकृत समाजवादीबाटै मंगला–३ को वडा अध्यक्षका उम्मेदवार, २ को दलित महिला सदस्यको उम्मेदवार र राप्रपाबाट वडा २ को महिला सदस्य पदका उम्मेदवारले समेत उम्मेदवारी फिर्ता गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।