जलजलामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त चुनाव परिचालन समिति गठन
- १६ बैशाख २०७९, शुक्रबार
- 733 पटक पढिएको
पर्वत १६ वैशाख । पर्वत जिल्लाको जलजला गाउँपालिका–७ धाईरिङमा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् । वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको विभिन्न बिभाग परिचालन समिति बनाएका हुन् ।
निर्वाचन परिचालन समयोजक मनोहर आचर्य, सह- समयोजक हरि आचर्य सहित ८०० सदस्यीय, डण्डपाणी रिजानको समयोजकत्वमा अनुगमन तथा मुल्यांकन समिती, १३ सदस्यीय, यसैगरी साजन परियार संयोजकत्वमा मिडिया प्रचारप्रसार समिती ३१ सदस्यीय , महेन्द्र आचर्यको समायोजकमा २५० जना बुद स्यमसेवक समिती बुद क र बुद ख मा खेम केसिको समयोजकमा २५० जना बुद स्वयंसेवक समिती, कुल बहादुर आचर्यको नेतृत्वमा ६०० जना प्रचारप्रसार समिती, जगन्नाथ रिजालको समायोजकत्वमा मतदाता शिक्षा परिचालन उपसमिति गठन भएको छ । काँग्रेसका वडा सभापति मनोहर आचर्यले अगुवा कार्यकर्ता भेलामा सहभागी दुवै पार्टीकाले तालभेलालाई प्रभावकारी बनाएर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने प्रतिवद्धता जनाएका छन् । धाईरिङमा माओवादीबाट वडा अध्यक्षका उमेद्वार टुंगनाथ शर्मा , वडा सदस्यका नन्द बहादुर दर्जी , नेपालि काङ्ग्रेस बाट वडा सदस्य पोम बहादुर खत्री., दलित महिला सदस्य आरती सुनार र खुल्ला महिला सदस्य लक्ष्मि आचर्यको पनि उपस्थिति थियो ।
जलजला गाउँपालिकाको सन्तुलित विकास, शुसासन, विभेदको अन्त्य र सवैको समान अधिकार सुरक्षित गराउनका लागि जलजला गाउँपाकिकाको सबै ज्ञान भएको, आफ्नो परिवारको लागि त्याग गरि समाज परिबर्तनका लागि सधै कति खटिने नेपाली काँग्रेस तर्फबाट जलजला गाउँपालिकाको अध्यक्षको उम्मेदवार राजु आचर्य र माओवादी तर्फबाट गाउँपालिका उपाध्यक्षका दिपक आचर्य आकाश उमेद्वारलाई जिताउने भेलाले निर्णय गरेका छन् ।
कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधी पुर्ब महासमिति सदस्य रुद्र आचर्य र माओवादीका गण्डकी प्रदेश समिति सदस्य लोक राज आचर्य सौगात, दुर्गा बहादुर दर्जी लगात जिल्ला स्थरका नेता कार्यकर्ताको उपस्थिति थियो । चुनावलाई लक्षित गरेर घरदैलो सहितको प्रचारप्रसार अभियानलाई तिब्रता दिने निर्वाचन परिचालन समितिले जनाएको छ ।