बेनी नगरपालिकामा काँग्रेस र माओवादीको चुनाबी तालमेल

  • १६ बैशाख २०७९, शुक्रबार
  • 811 पटक पढिएको

म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) बिच चुनाबी तालमेल भएको छ । शुक्रबारसम्म उम्मेदवारी फिर्ताको समयमा नेकपा माओवादी केन्द्रबाट मेयर नेपाली कांग्रेसबाट उपमेयर पदका उम्मेद्वारले फिर्ता लिएर चुनाबी तालमेल गरेका हुन् ।


जिल्ला समन्वय समितिको सभाहलमा रहेका मुख्य निर्वाचन कार्यालयमा पुगेर काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । भने, त्यसैगरि माओवादी केन्द्रका उपमेयरका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता कांग्रेसले गराएको छ ।


नेपाली कांग्रेसका सभापति खमविर गर्वुजा र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द्र पौडेल विच विभिन्न बुदामा सहमति कायम गरि चुनावी तालमेल अघि बढाएका हुन् । नेपाली कांगेसलाई बेनी नगरपालिको मेयर र जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्रलाई बाडँफाड गर्दै तालमेल अघि बढाएका छन् । नेपाली कांग्रेसका बेनी नगर समितिका सभापति रविन्द्र कार्की र नेकपा माओवादी केन्द्रका बेनी नगर समितिका अध्यक्ष शेरबहादुर केसी विभिन्न ७ बुदाँमा सहमति कायम गर्दै गठबन्धन अघि बढेको छ । गठबन्धमा साझा प्रतिवद्धतापत्रसहित कार्यक्रम बनाएर चुनावी प्रचारप्रसारमा जाने सहमति गरेका छन् ।


कार्यक्रमा नेकपा माओवादी केन्द्र जिल्ला इन्चार्ज गोविन्द पौडेल र नेपाली कांग्रेसका पुर्व सभापति रेशम बानियाँले विश्वासका साथ गठबन्धनबाट मेयर र उपमेयर पदका उम्मेदवारलाई मतदान गर्न नेता तथा कार्यकतालाई आग्रह गर्नुभएको छ ।

बेनी नगरपालिकामा काँग्रेसर माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनाबी तालमेल गरेका छन् । बेनी नगरपालिका, धवलागिरी गाउँपालिका र अन्नपुर्ण गाउँपालिमा कांग्रेस र माओवादीविच गठबन्धन भएको छ । यसैबिच सत्ता साझेदार नेकपा (एकिकृत समाजवादी) म्याग्दी चुनाबी गठबन्धनबाट अगल भएको छ । गठबन्धनबाट अलग हुनुको साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी समेत फिर्ता गराएको छ ।