ताजा अपडेट

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

[caption id="attachment_54373" align="alignnone" width="800"] फाइल तस्विर[/caption] म्याग्दी ३ साउन ।  असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् ।... पुरा पढ्नुहोस

बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धि १० दिने टिपिडी प्रमाणिकरण तालिम सम्पन्न

  प्रकाश अधिकारी म्याग्दी । बेनीमा एकीकृत पाठ्यक्रम सम्बन्धी १० दिने शिक्षकको पेशागत विकास (टिपिडी) प्रमाणिकरण तालिम सम्पन्न भएको छ । शिक्षा तालिम केन्द्र तनहुँको आयोजना तथा विस्तारित शाखा बेनीको समन्वयनमा राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को कार्यान्वयन शिक्षकको पेशागत विकासका लागि आधारभूत तह (१–३)मा अध्यापनरत शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम सम्बन्धि... पुरा पढ्नुहोस

बाँदरबाट बाली जोगाउन मुस्किल

म्याग्दी, २ साउन । म्याग्दीको मगंला गाउँपालिका–२ सल्यानका दीपक खड्का बाँदरबाट मकै जोगाउन खेतमै टहरा हालेर बस्नुभएको छ । मकैको बोटमा धोगा लागेदेखि बाँदर धपाउन एक महिनाअघिदेखि खेतमा बस्न थाल्नुभएको थियो । उहाँले बाँदर धपाउन खेतमा बस्नका लागि जस्ताले छाएर सानो टहरा बनाउनु भएको छ । “बाँदरको हुल पसे भने... पुरा पढ्नुहोस

म्याग्दीमा ७१ प्रतिशत विकास बजेट खर्च

म्याग्दी, २ साउन । जिल्लामा गत आर्थिक वर्ष २०७८/७९ मा कूल ७१ दशमलव २३ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ६० दशमलव ७५ र प्रदेशको ७५ दशमलव ४५ प्रतिशत पुँजीगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । पुँजीगत शीर्षकमा दुईवटै सरकारका निकायको रु... पुरा पढ्नुहोस

साउने सोमबार : गलेश्वर शिवालय मन्दिरमा भक्तजनको भिड

बेनी, २ साउन । साउन महिनाको पहिलो सोमबार विहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । बेनी नगरपालिका– ९ मा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा म्याग्दी, बागलुङ, पर्वत लगायत क्षेत्रका भक्तजनहरुको भिड लागेको हो । साउने सोमबार बिहानै स्नान गरी शिवालयमा दर्शन गरेमा मनोकांक्षा पुरा हुने विश्वास... पुरा पढ्नुहोस

मगर संघ म्याग्दीद्वारा जनप्रतिनिधिलाई सम्मान

म्याग्दी, १ साउन । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आइतबार बेनी स्थित मगर संघको सभाहलमा आयोजित कार्यक्रममा मगर जनप्रतिनिधिलाई सम्मान गरिएको हो । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगर ,मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगर... पुरा पढ्नुहोस

अनेमसंघ म्याग्दीद्वारा जिल्ला कमिटीलाई प्रशिक्षण

  बेनी, १ साउन । अखिल नेपाल महिला संघ जिल्ला कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ‘सामाजिक सुरक्षा र रोजगार, सम्पूर्ण क्षेत्रमा समान अधिकार’ भन्ने मूल नारासहित अनेमसंघले जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई लक्षित गरी प्रशिक्षण आयोजना गरेको थियो । हिँजो र आज... पुरा पढ्नुहोस

म्याग्दीका स्थानीय तहमा ५ करोड ४ लाख बेरुजु

म्याग्दी, ३२ असार । म्याग्दीका स्थानीय तहमा ५ करोड ४ लाख ३५ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औँ बार्षिक प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७७/०७८ मा मात्रै म्याग्दीका ६ स्थानीय तहमा सो रकम बराबरको बेरुजु देखिएको हो । उक्त आवमा म्याग्दीको मालिका गाउँपालिकाको सबैभन्दा धेरै र... पुरा पढ्नुहोस

राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जित्ने खेलाडीलाई सम्मान

बेनी, ३२ असार । जिल्ला खेलकुद विकास समिति म्याग्दीले राष्ट्रियस्तरको राष्ट्रपति कपमा पदक जितेका म्याग्दीका खेलाडीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशबाट राष्ट्रियस्तरको राष्ट्रपति कपमा सहभागि भएर पदक दिल्याएका म्याग्दीका खेलाडीलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गण्डकी प्रदेश खेलकुद समिति सदस्य चन्दा घले,... पुरा पढ्नुहोस

बागलुङ नगरले जारी ग¥यो श्वेतपत्र

बागलुङ ३१ असार । बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ । नगरपालिकाद्वारा आज आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताउनुभयो । समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना... पुरा पढ्नुहोस