ताजा अपडेट

बेनी–जोमसोम सडकको काभ्रेभीरमा टाईमकार्ड

म्याग्दी, ६ बैशाख । राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा फेरि टाईमकार्ड लागु गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी बेनी–जोमसोम सडकको काभ्रेभीरमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मंगलबारबाट दैनिक ३ घण्टा टाईमकार्ड लगाउने लगाउने निर्णय गरेको हो। मुस्ताङको घाँसादेखि काभ्रेभीरको... पुरा पढ्नुहोस

लोमान्थाङमा कांग्रेस परित्याग गरी एक दर्जन कार्यकर्ता एमालेमा प्रवेश

म्याग्दी ६ वैशाख । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरी एक दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार लोमान्थाङमा आयोजित आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवार छनौट कार्यक्रममा एक दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले... पुरा पढ्नुहोस

मालिकामा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटी उपसचिब माओवादीमा प्रवेश

म्याग्दी ६ वैशाख । म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष र पालिका कमिटीका उप–सचिब नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित मालिका–३ डाँडागाउँका हेमबहादुर पुन र एमाले मालिका गाउँपालिका कमिटीका उप–सचिब भुपेन्द्र नेपाली माओवादीमा प्रवेश गर्नुभएको... पुरा पढ्नुहोस

कालीपुलमा अतिक्रमण हटाएर ‘उद्यान’

म्याग्दी ६ वैशाख । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाएर पार्क ९उद्यान० बनाउन थालिएको छ । स्थानीय व्यक्तिहरूले अतिक्रमण गरेको सार्वजनिक जग्गा पहिचान गरेर संरक्षणका साथै उद्यान बनाउन लागिएको हो । बेनी नगरपालिका–८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सार्वजनिक जग्गाको संरक्षण र स्थानीय आवश्यकताअनुसार उद्यान बनाउन लागिएको बताउनुभयो... पुरा पढ्नुहोस

एसइईमा संस्कृततर्फबाट म्याग्दीमा पहिलो पटक ९ विद्यार्थी सहभागि हुँदै

बेनी, ६ वैशाख । वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीमा पहिलो पटक संस्कृतितर्फ बाट समेत विद्यार्थीहरु सहभागी हुने भएका छन् । बेनी नगरपालिका–९ गलेश्वर स्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट ९ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

बेनी– ७ को वडा अध्यक्षमा श्रेष्ठद्वारा स्वतन्त्रबाट उम्मेदवारी घोषणा

म्याग्दी, ६ बैशाख । बेनीका लोकप्रिय व्यवसायी नरेश श्रेष्ठले बेनी नगरपालिका ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुभएको छ । हुलाकचोक निवासी यूवा व्यवसायी नरेश श्रेष्ठले स्वतन्त्रबाट वडा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनपा ७ मा श्रेष्ठ जातीको बाहुल्यता भएकाले नरेशले धेरै मत प्रभावित पार्न सक्ने अनुमान छ । ... पुरा पढ्नुहोस

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

म्याग्दी ५ वैशाख । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले आसन्न स्थानीय तह चुनावमा साझा उम्मेदवार बनाउने... पुरा पढ्नुहोस

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

म्याग्दी ५ वैशाख । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ । काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली... पुरा पढ्नुहोस

शिव आधारभुत विद्यालयका पुर्व प्रअ घर्ति मगर र उत्कृष्ट दुई विद्यार्थी सम्मानित

साधन राम्जाली म्याग्दी, ५ बैशाख । सामाजिक सेवामा सक्रिय वि एण्ड वि फाउण्डेशनले म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ का समाजसेवी एवं सोही वडाको अस्का छाप स्थित शिव आधारभुत विद्यालयका पुर्व प्रअ गोकुल घर्ति मगर र च्युरिबोट स्थित सिद्धार्थ माविका उत्कृष्ट दुई विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । सोमबार... पुरा पढ्नुहोस

रघुगंगामा माओवादीबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न चार जना आकांक्षी

म्याग्दी ५ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) बाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा चार जनाले आकांक्षा राखेका छन् । पार्टीको गाउँपालिका कमिटीमा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्न बिश्व सेन मल्ल, रिम कटुवाल, हरि भण्डारी र सुविन शेरपुञ्जाले आकांक्षा राख्नुभएको हो... पुरा पढ्नुहोस