ताजा अपडेट
बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी २५ फागुन । म्याग्दी सदरमुकाम बेनीमा निःशुल्क मानसिक स्वास्थ्य शिविर हुने भएको छ । लिड्स नेपालको सहयोगमा संरक्षक समाज म्याग्दीले फागुन २८ गते बेनीमा उक्त शिविर आयोजना गरेको हो । बेनी अस्पतालमा हुने उक्त शिविरमा मानसिक रोग विशेषज्ञ डाक्टर राजन घिमिरे लगायतले स्वास्थ्य उपचार सेवा प्रदान गर्ने जनाइएको छ... पुरा पढ्नुहोस
धवलागिरि गाउँपालिकाकाे कल्लेनीमा बिजुली बल्यो
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी, २५ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ । जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको... पुरा पढ्नुहोस
बलेवा विमानस्थलको कालोपत्र सकियो, चैतभित्र हस्तान्तरण हुने
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
बागलुङ २५ फागुन । निर्माण भएको झन्डै ६० वर्षपछि बलेवा विमानस्थल कालोपत्र गरिएको छ । नियमित जहाज सञ्चालन गर्ने लक्ष्यसहित बलेवा विमानस्थल कालोपत्र गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन वर्षअघि देखि निर्माण थाले पनि कोरोना सङ्क्रमणले रोकिएको काम अहिले पूरा भएको हो । चैत मसान्तभित्र काम... पुरा पढ्नुहोस
ठुलोखोला जलविद्युत आयोजनाको मनपरी , ईआईए स्वीकृत नगराई निर्माण कार्य
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
बेनी, २४ फागुन । संयुक्त उर्जा प्रा.ली.ले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृत नगराई म्याग्दीमा २१.३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत आयोजना निर्माण अघि बढाएको छ । वातावरण संरक्षण ऐन २०७६ को दफा ३ मा राष्ट्रिय गौरवको आयोजनाले पनि विकास निर्माणका कार्य गर्दा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण... पुरा पढ्नुहोस
बुद्धिजीवी परिषदको अध्यक्षमा सुवेदी
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी, २५ फागुन । नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ । यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान... पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनको अध्यक्षमा केसी
- 2 बर्ष, 10 महिना अगाडि
- २५ फाल्गुन २०७८, बुधबार
म्याग्दी, २५ फागुन । नेपाल निजामती कर्मचारी संगठन म्याग्दीको अध्यक्षमा सोम बहादुर केसी निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा आयोजित संगठनको एघारौ जिल्ला अधिवेशनबाट केसीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको हो । संगठनको नवनिर्वाचित समितिको उपाध्यक्ष महिलामा तेज कुमारी थापा, उपाध्यक्ष खुल्लामा भोलानाथ आचार्य, सचिवमा सागर सुवेदी, सहसचिवमा... पुरा पढ्नुहोस
अन्नपूर्णमा दलित मुक्ति मोर्चा गठन
- 2 बर्ष, 10 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, २४ फागुन । अन्नपुर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा गठन गरिएको छ । मंगलबार पोखरेबगरमा भएको प्रथम भेलाले मोर्चाको अध्यक्षमा बिरबहादुर पौडेल( बिक) नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति गठन भएको छ । मोर्चाको भेलालाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्र नेता एवम् नेपाल दलित मुक्ति मोर्चा गण्डकी... पुरा पढ्नुहोस
दुलेपानीमा माओवादी केन्द्रको टोल कमिटी गठन
- 2 बर्ष, 10 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
पिप्ले, २४ फागुन । रघुगंगा गाउँपालिका– ३ दुलेपानीमा नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । मंगलबार दुलेपानीमा भएको टोल भेलाले होमबहादुर परियारको नेतृत्वमा ११ सदस्यीय टोल कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा हर्क परियार, सचिवमा एरिन मल्ल रहेको वडाकमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो । कमिटीको सदस्यहरुमा... पुरा पढ्नुहोस
देविस्थानमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु ,एक गम्भिर घाइते
- 2 बर्ष, 10 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी ,२४ फागुन । म्याग्दीमा जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायीक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो करिब तीन बजेको समयमा अन्दाजी २६ बर्षिय मबहादुर बोहराको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस
नारी दिवसको अवसरमा जेसीजद्वारा कारागारमा स्वास्थ्य सामग्री र पुस्तक हस्तान्तरण
- 2 बर्ष, 10 महिना अगाडि
- २४ फाल्गुन २०७८, मंगलवार
म्याग्दी, २४ फागुन । म्याग्दी जेसीजले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा म्याग्दी कारागार कार्यालयमा स्वास्थ्य सामग्री र पुस्तकहरू हस्तान्तरण गरेको छ । कारागारमा रहेका मूलत दिदीबहिनीहरू लाई सेनिटरी प्याड, साबुन, माक्स र कैदीहरुलाई पुस्तकहरू हस्तान्तरण गरिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष सन्दिप खत्री ले जानकारी दिनुभयो। उक्त कार्यक्रममा संस्थापक अध्यक्ष... पुरा पढ्नुहोस