ताजा अपडेट

काभ्रेभीरले संधै समस्या

[caption id="attachment_28970" align="alignnone" width="714"] फाइल तस्विर[/caption] गलेश्वर १२ असोज । कालीगण्डकी करिडोर अन्तर्गतको बेनी –जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि समस्या बन्ने गरेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको... पुरा पढ्नुहोस

प्लाष्टिक झोलाको विकल्पमा पाँच किलोग्राम अट्ने कार्टुन

मुस्ताङ १२ असोज । घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९÷८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो । किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो... पुरा पढ्नुहोस

भुरुङ तातोपानीमा धौलागिरीकै ठूलो क्षमताको ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा (तस्बिर र भिडियो सहित)

कमल खत्री बेनी, १२ असोज : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङतातोपानीमा व्यवसायि राजु हमालले करिब रु ३५ करोड लगानीमा यस क्षेत्रकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याउनुभएको हो । https://www.youtube.com/watch?v=5aq_cCUcBtE करिब ८ रोपनी क्षेत्रफलको जग्गा... पुरा पढ्नुहोस

काँग्रेस सभापति देउवालाइ म्याग्दीका नेता अजयमिलन श्रेष्ठको खुल्ला पत्र

म्याग्दी ११ असाेज । नेपाली काँग्रेस म्याग्दीका बौद्धिक नेता अजयमिलन श्रेष्ठले पार्टी सभापति शेरबहादुर देउवालाई खुल्लापत्र लेख्नुभएको छ । पार्टी केन्द्रले म्याग्दीका पुराना र पार्टीमा महत्वपूर्ण योगदान गरेका अग्रज नेताहरुलाई समानुपातिक तर्फको बन्द सूचिमा समावेश नगरेकोतर्फ संकेत गर्दै नेता श्रेष्ठले पार्टी सभापति देउवाको ध्यानकर्षण गराउने गरि खुल्ला पत्र सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस

राजमार्ग खुलेको तीन दशकमा पनि बनेन बसपार्क

कुश्मा, ११ असोज : कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अघिल्लो चुनावमा कुश्मामा विदेशी स्टाइलको बसपार्क निर्माण गरिने र त्यो सामान्य खालको नभएर तीन तलाको हुने कथा सुनाउनुभएको थियो । बस बिसाउन मिल्ने समथर ठाउँ भए मात्र पनि हुन्थ्यो भनेर बसेका यातायात व्यवसायी र कुश्मावासी तीनतलाको बसपार्क बन्ने थाहा पाएपछि दङ्ग... पुरा पढ्नुहोस

बेगखोलामा ह्युमपाइप राखियो

म्याग्दी, ११ असाेज । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा गाउँपालिका–१ मा रहेको बेगखोलामा ह्युमपाइप राखिएको छ । बेनी नगरपालिका, रघुगङ्गा गाउँपालिका, बेनी–जोमसोम–कोरला सडक आयोजना र बेगखोलामा निर्माणाधीन सडक पुलका ठेकेदारसँग समन्वय गरेर बेनी यातायात प्रालिको पहलमा ह्युमपाइप राखिएको हो । बेगखोलामा सवारीसाधनलाई सहजरूपमा आवतजावतको... पुरा पढ्नुहोस

जिल्ला हुलाक कार्यालयद्धारा क्षमता अभिबृद्धि तालिम सम्पन

म्याग्दी ,११ असोज । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा मंगलवार बेनीमा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । जिल्ला हुलाक कार्यालय र ईलाका हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुको लागि एक दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो । तालिममा प्रशिक्षण दिँदै जिल्ला हुलाक कार्यालयका प्रमुख अमृत सुवेदीले कार्यालयको सेवालाई सेवाग्रामीमैत्री बनाउनका... पुरा पढ्नुहोस

एउटै च्याङ्ग्राको मुल्य ५० हजार ! तिब्बतबाट नआएपछि मुल्य आकासियो (तस्बिर र भिडियो)

म्याग्दी ,११ असोज । यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढेको छ । नेपाल र चीनको सिमाना कोरला नाका बन्द हुँदा यसवर्ष पनि भेडाच्याङ्ग्राको मागमा मुस्ताङ र डोल्पामै उत्पादन भएका भेडाच्याङ्ग्रामा मात्रै सिमित भएको छ । उत्पादन सिमित भएकाले व्यापारीहरुले मुल्य बढाएका छन् ।   https://www.youtube.com/watch?v=RlkcrkA6HqE   मुस्ताङबाट म्याग्दी हुँदै... पुरा पढ्नुहोस

नाका नखुल्दा तिब्बतको च्याङ्ग्रा भित्रिन सकेन

बागलुङ ११ असाेज । व्यवसायीले मुस्ताङी च्याङ्ग्रा बजार भित्र्याएका छन् । म्याग्दी,  बागलुङ, पर्वतसहित आसपासमा सोमबार च्याङ्ग्रा आइपुगेका हुन् । व्यवसायीले हप्तौँ लगाएर बर्सेनि दशैँमा च्याङ्ग्रा भित्र्याउँछन् । दशैँमा च्याङ्ग्राको माग उच्च हुन्छ । बागलुङका व्यवसायी महेन्द्र केसीले स्थानीय बलबहादुर थापासहित पर्वत र काठमाडौँका दुई–दुई व्यवसायी मिलेर दुई सय ५०... पुरा पढ्नुहोस

प्रथम मगर कप–२०२२ को मैत्रीपूर्ण भुरुष भलिबलको उपाधी मोना फ्रान्सलाई

फ्रान्स ११ असोज । मगर समाज फ्रान्सको आयोजनामा भएको प्रथम मगर कप–२०२२ अन्तरगत मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगितामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्स बिजयी भएको छ । मगर समाज र मोना बिच भएको फाइनल प्रतियोगितामा मोना फ्रान्सको तर्फबाट सहभागी खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी हात पारेका हुन् । मोना... पुरा पढ्नुहोस