लायन्स काठमाण्डौ आस्थाद्वारा विद्यार्थीलाई शैक्षिक पोशाक वितरण, स्थानीयको स्वास्थ्य परिक्षण

  • २५ मंसिर २०७९, आईतवार
  • 611 पटक पढिएको

 

म्याग्दी, २५ मंसिर । लायन्स क्लव अफ माठमाण्डौ आस्थाले म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु अधेरीखोलामा रहेको सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरेको छ ।


काठमाण्डौ आस्थाले ज्ञानमन्दिर विद्यालयसंगै साझपानीमा रहेको देउराली आधारभूत र वडानम्वर ३ मालिकामा रहेका मालिका आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक पोशाक वितरण गरेको थियो ।

काठमाण्ठौ आस्थाकी अध्यक्ष सरिता श्रेष्ठ, डिस्ट्रीक गोभनर राजेन्द्र बाटाजु, कोहिनुर बाटाजु र डिस्ट्रिक सचिव मीनराज काफ्लेको लगायतको उपस्थितमा विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो ।


विद्यालयस्तर शैक्षिक पोशाक सहयोगसंगै काठमाण्डौ आस्थाले सिद्धार्थ ज्ञानमन्दिर आधारभूत विद्यालयमा स्थानीयलाई लक्षित गरेर स्वास्थ्य शिविर गरेको थियो । शिविरबाट स्थानीय १९८ जनाको डायवेटिज टेस्ट र प्रेसर परिक्षण गरेर औषधी उपलब्ध गराएको थियो ।

लायन भिमसेनकुमार श्रेष्ठ र सुमना कुमारी श्रेष्ठले सोही कार्यक्रमको अवसरमा अक्षकोषको रुपमा विद्यालय ब्यवस्थापन समिति का अध्यक्ष कृष्णबहादुर कटुवाल क्षेत्री र प्रअ तोरणबहादुर श्रेष्ठलाई एक लाख १ हजार १०० रुपैयाँ हस्तान्तरण गरेका थिए ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर कटुवाल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक गर्भनर बाटा र सचिव काफ्लेले मन्तव्य राखेका थिए । विद्यालयले विद्यालय अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक पोशाक वितरण गर्ने काठमाण्डौ आस्थाको टिम र अक्षयकोषका लागि आर्थिक सहयोग गर्नेलाई फूलमालाले सम्मान गरेको थियो ।

चार्टर अध्यक्ष श्रेष्ठले विद्यालय र समुदायलाई आगामी दिनमा माग अनुसारको सेवाहरु लिएर आउने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।