माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी बरुवालको मृत्यु

  • २१ मंसिर २०७९, बुधबार
  • 1121 पटक पढिएको

बेनी, २१ मंसिर । म्याग्दी बहुमुखी क्याम्पसको नयाँ भवन बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर निर्माण ब्यवसायी कृष्ण बरुवालको मृत्यु भएको छ। भवन निर्माणका लागि जग नापजाँच गर्न पुग्नुभएका निर्माण व्यवसायी अन्दाजी ४५ बर्षिय कृष्ण बरुवालको अकस्मात खसेको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


अन्नपूर्ण गाउँपालिका ६ घार निवासी बरुवालले ठेक्कामा क्याम्पसको भवन बनाउन लागेका थिए । डोजरले खारेर भिरालो परेको भित्ताको ढिस्को एक्कासी खसेर बरुवाल पुरिएको प्रहरी नायव उपरिक्षक तिलक भारतीले बताए । ‘पुरिएको एकण्टापछि प्रहरी र स्थानीयवासीले डोजरको सहायताले उद्धार गरी बेनी अस्पतालमा पु¥याएका थिए ।

अस्पताल पु¥याइए लगत्तै बरुवाललाई चिकित्सकले मृत घोषणा गरेको थियो । बरुवाल जिल्लामा राम्रो काम गर्ने निर्माण व्यवसायीका रुपमा परिचित थिए । बरुवाल निर्माण ब्यवसायी म्याग्दीका कार्यसमिति सदस्य थिए ।