ताजा अपडेट

सत्ता गठबन्धनकाे निष्कर्ष ः गठबन्धनको आवश्यकता र सान्दर्भिकता पुष्टि भयाे

काठमाण्डाै १९ मंसिर । पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको... पुरा पढ्नुहोस

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

कास्की, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो... पुरा पढ्नुहोस

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा, १९ मङ्सिर : वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क–बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास

मुना, १९ मंसिर । म्याग्दीको धवलागिरी गाउँपालिकाको प्रशासकीय भवन शिलन्यास गरिएको छ । वडा नम्बर ३ घट्टेखोलामा निर्माण हुन लागेको भवनको सोमबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शिलन्यास गर्नुभयो । भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ्रे जेभीले रु। सात करोड ७१ लाख ८९ हजार ६६६ मा ठेक्का सम्झौता गरेको... पुरा पढ्नुहोस

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा, कांग्रेस पहिलो पार्टी बन्यो

काठमाडौं १९ मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्की निर्वाचित भए । निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्षतर्फ... पुरा पढ्नुहोस

पूर्णता पाउँदै ‘बेनी मिनि रङ्गशाला’

म्याग्दी १९ मंसिर ।  म्याग्दीको ‘बेनी मिनि रङ्गशाला’ निर्माण दुई वर्षपछि सञ्चालन भएको छ । बेनीको खुलामञ्चलाई विस्तार र स्तरोन्नति गर्न सञ्चालित योजना यसअघिका दुई आर्थिक वर्षमा बजेट अभावका कारण अधुरो र अलपत्र बनेको थियो । बेनी नगरपालिका–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले अधुरो खेलमैदानको प्याराफिट विस्तार, पर्खाल निर्माण र फिलिङ... पुरा पढ्नुहोस

क्यान म्याग्दीको अध्यक्षमा लालबहादुर कार्की चयन

सन्ताेष शर्मा बेनी, १८ मंसिर । कम्प्युटर एशोसियनस नेपाल महासंघ (क्यान) जिल्ला शाखा म्याग्दीको अध्यक्ष्मा लालबहादुर काकी चयन हुनुभएको छ । आईतबार बेनीमा भएको पाँचौ साधारणसभा तथा चौथोा अधिवशेनबाट कार्कीको नेतृत्वमा पाचँ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । क्यानको उपाध्यक्षमा युवराज आचार्य, सचिवमा बासुदेव घिमिरे, कोषाध्यक्षमा ज्ञानबहादुर श्रीष, सदस्यमा... पुरा पढ्नुहोस

बेनीमा हुने जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा

म्याग्दी १७ मंसिर । यही मंसिर २१ गतेदेखि २५ गतेसम्म बेनीस्थित खुल्लामञ्चमा संचालन हुने २० औँ अन्तर मावि जेसिज कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको “गौमती खत्री विकास कोष जेसिज कप फूटवल... पुरा पढ्नुहोस

मालढुंगा–बेनी सडक खण्ड अलपत्र

बेनी, १८ मंसिर । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडक आयोजना अलपत्र बनेको छ । ठेकेदार कम्पनीले बीचैमा काम छाडेपछि स्तरोन्नतिको चरणमा रहेको यो खण्ड अलपत्र बनेको हो । सडकलाई अस्तव्यस्त पारेर ठेकेदार विगत चार महिनादेखि कार्यस्थलबाट बाहिरिएको छ ।ठेकेदार कम्पनीबीच एकआपसमा असमझदारी बढेपछि चार महिना अघिसम्म काम गरेको... पुरा पढ्नुहोस

माओवादी केन्द्र म्याग्दीको चुनावी समिक्षा

  म्याग्दी, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) म्याग्दीले शनिबार मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षा गरेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनसँग तालमेल गरेर म्याग्दीका दुई वटै प्रदेशसभा सदस्य जितेको माओवादीका जिल्ला र पालिका कमिटिका पदाधीकारीहरुबीच चुनावको समिक्षा र भावी योजनाका विषयमा छलफल गरेको हो... पुरा पढ्नुहोस