होटल व्यवसायी महासंघको सचिबमा म्याग्दीका आचार्य र केन्द्रिय सदस्यमा बरुवाल चयन

  • २० पुष २०७९, बुधबार
  • 539 पटक पढिएको

म्याग्दी, २० पुस । होटल व्यवसायी महासंघ नेपालको केन्द्रिय सचिबमा म्याग्दीका ताराप्रसाद आचार्य(बाबुराम) निर्वाचित हुनुभएको छ । चितवनको सौराहमा बुधवार सम्पन्न महासंघको दशौँ साधारणसभा तथा चौथो अधिवेशनबाट सचिवमा आचार्य र केन्द्रिय सदस्यमा म्याग्दीकै सागर बरुवाल सर्वसम्मत चयन हुनुभएको छ । केन्द्रिय सचिबमा निर्वाचित हुनुभएका आचार्य होटल व्यवसायि संघ म्याग्दीको अध्यक्ष हुनुहुन्छ भने बेनीमा होटल याक सञ्चालन गर्दै आउनुभएको छ । होटल व्यवसायि समिति म्याग्दीका सचिब समेत रहनुभएका बरुवाल होटल रिखरका सञ्चालक हुनुहुन्छ ।