चर्चित कलाकार ‘महजोडी’ बेनीमा 

  • २० पुष २०७९, बुधबार
  • 491 पटक पढिएको

म्याग्दी २० पुस । महजोडीको नामले चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य म्याग्दी सदरमुकाम बेनीमा आउनुहुने भएको छ । यहि पुस २१ गते बेनीमा आयोजना हुन लागेको विमा सचेतना कार्यक्रममा हाँस्यकलाकारद्धय श्रेष्ठ र आचार्य बेनीमा आउन लाग्नुभएको हो ।


नेपाल विमा प्राधिकरणले सञ्चालन गरेको बिमा सम्बन्धी सचेतना अभियान अन्तरगत म्याग्दीमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आयोजनामा उक्त कार्यक्रम तय गरिएको शाखा प्रमुख भावना पौडेलले जानकारी दिनुभयो । कलाकारद्धय श्रेष्ठ र आचार्य सिटिजन लाईफ इन्स्योरेन्सका ब्राण्ड एम्वेस्डर समेत हुनुहुन्छ ।
विहिवार बेनीको जिल्ला समन्वय समितिको सभाहलमा हुने उक्त कार्यक्रमको सुरुवातमा बेनीमा प्रभातफेरी समेत गरिने जनाइएको छ । उक्त कार्यक्रममा कलाकारद्धय श्रेष्ठ र आचार्यले जिवन विमा, निर्जिवन विमा र स्वास्थ्य विमा सम्बन्धी सचेतना मुलक प्रस्तुती राख्नुहुने जनाईएको छ ।