कालीगण्डकी नदीमा नियमित ¥याफ्टिङ सञ्चालन (तस्बिर/भिडिओ)

कमल खत्री
बेनी, २० पुस : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि ¥याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्यले बेनी नगरपालिका–९ गलेश्वरधामदेखि सदरमुकाम बेनीको दोभान हुँदै मालढुंगा–नयाँ पुल भएर मिर्मि पुग्न सकिने गरि ¥याफ्टिङ सञ्चालन गरिएको हो ।

 

कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले मंगलवारदेखि औपचारिक रुपमा नियमित ¥याफ्टिङ सञ्चालन गरेको हो । पहिलो दिन गलेश्वरदेखि बेनीसम्मको करिब ३ किलोमिटर दुरीमा गरिएको जलयात्रा सफल भएको व्यवसायि पुनले बताउनुभयो ।
‘‘हिउँदयाममा नियमित रुपमै सञ्चालन गर्ने गरि सुरुवात गरेका छौँ, निकट भबिश्यमा बेनीमा सञ्चालन हुने म्याग्दी महोत्सवले यसलाई थप प्रवद्र्धन गर्ने हाम्रो अपेक्षा छ, कम्तीमा गलेश्वरदेखि बेनीसम्म नियमित रुपमै ¥याफ्टिङ सञ्चालन गर्ने हाम्रो जमर्को रहेको छ’’–पुनले भन्नुभयो ।


कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालनमा आएसंगै जिल्लाका विभिन्न पर्यटकीय स्थलको भ्रमणमा आएका र बेनी हुँदै हिमालपारिको जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकहरुलाई समेत थप आकर्षण बढेको छ । ¥याफ्टिङका लागि उत्तम मानिने कालीगण्डकी नदीको जलयात्रा पहाडी भूगोल र टटिय क्षेत्रका बस्तीको अवलोकनले थप रोमान्चक हुने भएकाले जलयात्राले पर्यकहरुको आगमन बढ्ने स्पलास नेपाल एडभान्चरका गाइड सन्तोष गिरीले बताउनुभयो ।


कालीगण्डकी नदीमा राम्रो संभावना भएकाले जेठ महिनासम्म जलयात्रा सञ्चालनलाई निरन्तरता दिने तयारी गरिएको छ । पर्वतको नयाँ पुल देखि विगत १४ वर्ष देखि ¥याङ्खिटङ गर्दै आउनुभएका स्पलास नेपाल एडभान्चरका गाइड होम पुनले गलेश्वरदेखि बेनीसम्मको करिब तीन किलोमिटर दुरीको जलयात्रामा पनि जोखिम कम र रोमान्चक बढी हुने भएकाले नियमित ¥याफ्टिङ सञ्चालनको संभावना बढी रहेको बताउनुभयो ।


गलेश्वर देखि सुरु भइ बेनी, पर्वतको मालढुङ्गा हुँदै नयाँ पुलसम्म जलयात्राको संभावनालाई उजागर गर्न कालिगण्डकीमा जलयात्रा सञ्चालन संचालन गरिएको पुनले बताउनुभयो । गलेश्वर देखि बेनीको खुल्ला मञ्चसम्म करिब तीन किलोमिटरको जलयात्राका लागि एकहजार दुई सय रुपैयाँ शुल्क तोकिएको छ । यसमा यात्रुहरुलाई खाजाको समेत बन्दोबस्त मिलाइएको छ ।


अहिले तत्कालका लागि दुई वटा ८÷८ जना यात्रु क्षमताको बोट सञ्चालनमा ल्याइएको छ । गलेश्वर–बेनीलाई प्राथमिकता दिइएको भएपनि यात्रु र पर्यटकहरुको चाहना बमोजिम मालढुङ,नयाँ पुल हुँदै मिर्मी सम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ । बेनी देखि मिर्मी तीन दिनको यात्रामा पुग्न सकिन्छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आगामी पुस २८ गतेदेखि सञ्चालन हुने सातौँ म्याग्दी महोत्सवमा जलयात्रालाई समेत आकर्षणको रुपमा प्रचार प्रसार गरिएको छ ।