ताजा अपडेट

पर्यटकको आकर्षणमा मौलिक काठका घर

म्याग्दी, १३ बैशाख । परम्परागत रूपमा बाबुबाजे बसोबास गर्दै आएका पुराना काठका घरहरु पर्यटकको आकर्षण बन्दै गएको छ । पछिल्लो पुस्ता आधुनिक घरप्रति आकर्षित भएपछि लोप हुदै गएका पुराना मौलिक घरहरु पर्यटकको आकर्षण बनेका हुन् । स्थानीय स्तरमै उपलब्ध स्रोत र साधन तथा प्रविधि र सीपको प्रयोग गरेर निर्माण हुने... पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा शिक्षक चोखालद्वारा अक्षयकोषमा आर्थिक सहयोग

म्याग्दी १२ वैशाख । म्याग्दीका एक शिक्षकले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको बेनी नगरपालिका –९ नेप्टेचौर स्थित राष्ट्रिय माविका शिक्षक शंकर चोखाले बैशाख १३ गते ( आज) परेको जन्मदिनको अवसरमा अक्षयकोषका लागि रु ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुभएको हो । नेप्टेचौर निवासी... पुरा पढ्नुहोस

औलो रोग सम्वन्धी बेनीमा अन्तरक्रिया

म्याग्दी, १२ बैशाख । ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित विश्व औलो दिवसको अवसरमा मंगलबार बेनीमा पत्रकारसंग अन्तरक्रिया गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीले दिवसका अवसरमा पत्रकारसंग औलो रोगसम्वन्धी अन्तरक्रिया गरेको हो । म्याग्दीमा ओलो रोगका विरामी शुन्य भएपनि हाल कम जोखिमयुक्त क्षेत्रमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीका... पुरा पढ्नुहोस

चितवन–२ बाट रास्वपाका सभापति रवि लामिछाने भारी मतले विजयी

चितवन १२ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन । यसअघि मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन्... पुरा पढ्नुहोस

म्याग्दीको ग्रामीण क्षेत्रमा बिरामीको उपचार गर्दै डा. गोविन्द केसी

म्याग्दी १२ वैशाख । वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गोविन्द केसीले म्याग्दीको ग्रामीण क्षेत्रमा पुगेर बिरामीको उपचार गरेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीमा उनले आइतबार र सोमबार हाडजोर्नीसम्बन्धी बिरामीको उपचार गरेका हुन् । दुई दिनसम्म उनले एक सय २५ जनाको उपचार गरेको भुरुङ्ग तातोपानी स्वास्थ्यचौकीका प्रमुख कृष्ण... पुरा पढ्नुहोस

तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ १२ वैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् ।वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार... पुरा पढ्नुहोस

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

११ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले  बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो । फाइल तस्बिर    स्रोतका अनुसार... पुरा पढ्नुहोस

गलकोट नगरपालिकाले सार्वजनिक स्थलमा सिसि क्यामरा सञ्चालनमा ल्यायो

थम्मन थापा बागलुङ वैशाख ११ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभुति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सिसि क्यामेरा सञ्चालनमा ल्याइएको बताउनु भएको छ । उहाँले प्रहरीको सिमीत स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहनुे भन्दै अपराधिक अनुसन्धानमा सहयोग पुर्याउन प्रविधिलाई प्रयोगमा ल्याईएको नगर... पुरा पढ्नुहोस

वैशाखमा वेमौसमी हिमपात (फोटो फिचर)

बेनी, ११ वैशाख : म्याग्दीमा बर्षा संगै हिमपात भएको छ । विगत केहि दिनयता मौसममा आएको बदलीको कारण बर्षा संगै माथिल्लो भेगमा हिमपात भएको हो । सोमबार साँझदेखि जिल्लाको पर्यटकीय स्थल पुनहिल, घोरेपानी, मोहरेडाँडा, खोप्रालेक लगायतका स्थानमा हिमपात भएपछि पर्यटकहरु उत्साहित बनेका छन् । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको घोरेपानी लगायतका... पुरा पढ्नुहोस

८४ बर्षमा धौलागिरि हिमालको कीर्तिमानी आरोहण गर्दै स्पेनका कार्लोस

कमल खत्री बेनी, ११ वैशाख । उमेरले ८४ बर्ष पुग्नुभएका स्पेनका अनुभवी पर्वतारोही कार्लोस सोरिया संसारको सातौँ अग्लो धौलागिरि हिमालमा कीर्तिमानी आरोहणको तयारीमा हुनुहुन्छ । म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्न कार्लोसको आरोहण दलको समूह १० दिनदेखि आधार शिविरमा छन् ।... पुरा पढ्नुहोस

To Top