सम्मेलनलाई सम्झनयोग्य बनाउँछौँ : शाखा अध्यक्ष बानियाँ

  • २ आश्विन २०८०, मंगलवार
  • 301 पटक पढिएको

 

बेनी, २ असोज । म्याग्दी जेसीजको २५ औं बर्षकोे अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दी जेसीजको आतिथ्यततामा बेनीमा हुन गईरहेको छ। असोज ४ र ५ गते बेनीस्थित खुल्लामञ्चमा हुने सम्मेलनलाई सफल बनाउन म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोलसुधार समिति, क्लवसंग छलफल सहकार्य गरेर तयारी पुरा भएको छ ।

४१ शाखाका पदाधिकारी र देशभरका परिबेक्षकसहित करिव ६ सय जना अतिथिहरु सम्मेलनमा आउँदै हुनुहुन्छ । सम्मेलनको मञ्च ब्यवस्थापनसहितको तयारी पुरा भएसंगै अतिथिहरु आउने क्रम बढेको छ। जेसीजको आन्तरिक सम्मेलनको तयारीसंगै म्याग्दी सम्मेलन गर्ने किसिमले संयोजक, उपसमिति बनाएर प्रचारप्रसार, कार्यक्रमको उद्देश्यबारे जानकारी, स्थानीय उत्पादनको खोजी, धार्मिक एवम् पर्यटकीस्थलको प्रचारप्रसार र अतिथिहरुको लागि होटल ब्यवस्थापनको काम सकेका छौ ।

अतिथिहरुको स्वागतका लागि बजार सरसफाई, सजावट, जातिय कलासंस्कृतिको प्रदर्शनी, खुल्लामञ्चमा खानपिन, उद्घाटन, सम्मेलन र समापनको तयारी गरेका छौ । क्षेत्र ख सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धन, मौलिक कलासंस्कृतिको महत्व स्थानीय उत्पादित बस्तुको प्रचारप्रसार गराउनमा सहयोग पुग्ने अपेक्षा समेत म्याग्दी जेसिजले गरेको छ। आउने अतिथिहरुलाई स्थानीय उत्पादन अल्लोबाट निर्माण भएका झोला, कालीगण्डकी नदीमा पाईने शालीग्राम, टिम्मुरको अचारको रुपमा कोसेली र बेनीको बजार जता माया उतै छ नजर लेखिएको जाले रुमाल मायाको चिनोको रुपमा दिईने छ ।

सम्मेलन मार्फत युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा थप सहयोग गर्ने उद्देश्य समेत रहेको छ। सम्मेलनमा आउने अतिथिलाई राम्रो ब्यवस्थापन गरेर राख्न सकियो भने भोलिको दिनमा म्याग्दीमा पर्यटक बढाउन सहयोग पुर्‍याउन हाम्रो विश्वास छ । जसले गर्दा म्याग्दीको स्थानीय उत्पादन, कलासंस्कृति र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने छ । सबै सहभागीहरुका लागि यो सम्मेलन सम्झनयोग्य बनाउने हाम्रो प्रयास छ, त्यसमा म्याग्दी जेसीज र सम्मेलन आयोजक समिति लागिपरेको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँ