अक्षयकोषबाट छात्रवृत्ति वितरण

  • १ आश्विन २०८०, सोमबार
  • 304 पटक पढिएको

 

राखु भगवती, १ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

स्व. दिल कुमारी खत्री स्मृतिमा विद्यालयमा स्थापना गरिएको एक लाख रुपैयाँ अक्षयकोषबाट बार्षिक प्राप्त ब्याज १४ हजार ४८५ रुपैयाँबाट स्टेशनरी सामाग्री खरिद गरेर वितरण गरिएको हो ।

उक्त रकमको छात्रवृत्ति उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीका साथै विपन्न र जेहेन्दार छात्र–छात्रा २० जनालाई छात्रवृत्ति र तिज गित प्रतियोगितामा प्रथम द्धित्तिय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको विद्यालयका प्र.अ. तोरणबहादुर श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नन्दबहादुर केसी, प्रअ श्रेष्ठ, अक्षकोष स्थापना गर्ने झलक खत्री र मिलन खत्री, शिक्षक अभिभावक संघका अध्यक्ष गोर्कण थापा, शिक्षक लगायतको उपस्थितमा छात्रवृति वितरण गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समिति, शिक्षक, शिक्षक अभिभावक संघ, विद्यार्थीको सयुक्त आयोजनामा भएको दर कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गित प्रस्तुत गरेका थिए ।