सम्मेलन म्याग्दी चिनाउने अवसर : निर्देशक श्रेष्ठ

  • २ आश्विन २०८०, मंगलवार
  • 299 पटक पढिएको

 

म्याग्दी, २ असोज । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित भएका छौं । सन् २००७ मा पहिलो पटक भव्यताका साथ गरिएको ऐतिहासिक क्षेत्र‘ख’ सम्मेलनलाई सम्झँदै, विगतको अनुभवलाई सँगाल्दै उत्कृष्ट सम्मेलन बनाउने हाम्रो प्रयास रहिरहेको छ ।

एउटै परिवार, एउटै समूह र एउटै लक्ष्य भन्ने नेपाल जेसीजको मूल नारालाई आत्मसात गर्दै हाम्रा मौलिक कला संस्कृति, स्थानीय उत्पादन, धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई यो क्षेत्र ‘ख’सम्मेलनसँग जोड्दै सम्पूर्ण जेसीज मित्रहरुलाई बन्धुत्वको भावनामा बाँध्दै सम्मेलन उपलब्धिमूलक बनाउन हाम्रो प्रयास निरन्तर रहिरहेको छ । सम्मेलनलाई थप उपलब्धिमूलक बनाउन यहाँहरुको साथ, सहयोग र हातेमालोको लागि अनुरोध गर्दछौं । यो सम्मेलनको आतिथ्यता म्याग्दी जेसीजको मात्र नभई समग्र म्याग्दी जिल्ला र म्याग्देलीहरुको रहेको जानकारी गराउँदछु । ५ वटा गाउँपालिका र एक नगरपालिका रहेको यो जिल्लामा प्रत्येक पालिकाको आ–आफ्नै बिशेषताहरु रहेका छन् ।

हामीले यही सम्मेलनको अवसर पारी प्रकाशन गरीएको ब्रोसर र “विम्ब” स्मारिकामा पनि सबै पालिकाहरुको छोटो परिचय सहित पालिकाको धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पुग्न लाग्ने दुरीको समय उल्लेख गरेका छौं भने छिमेकी जिल्ला बाग्लुङ, पर्वत र मुस्ताङका केही धार्मिक र पर्यटकीय क्षेत्रहरुको पहिचान दिने प्रयास गरेका छौं । आउने अतिथिहरुलाई खानामा समेत स्थानीय उत्पादनको स्वाद चखाउने हाम्रो तयारी छ । समग्र यो सम्मेलनले नेपाल जेसीजको यात्रा र म्याग्दीको चिनारीमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौँ । सम्मेलनलाई लक्षित गरेर म्याग्दी आउने अतिथिलाई राम्रो ब्यवस्थापन सहित खुशी बनाए पठाउन सकियो भने भोलिको दिनमा पर्यटक बढाउनमा सहयोग पुग्ने छ । नेपाल जेसिज क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठ