ताजा अपडेट

बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई जिल्ला सभामा सम्मान

बेनी, १ चैत । म्याग्दीका दुई कार्यालयलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति म्याग्दीको नवौँ जिल्ला सभाको अवसरमा विहिवार बेनी नगरपालिका र डिभिजन वन कार्यालयलाई सम्मान गरिएको हो । कार्य सम्पादनको आधारमा जिल्लामा उत्कृष्ट भएकोमा नगरपालिका र वन कार्यालयलाई प्रसंसापत्रद्धारा सम्मान गरिएको हो । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन... पुरा पढ्नुहोस

म्याग्दीका सबै पालिकामा नेकपा(एमाले)को नयाँ नेतृत्व चयन

म्याग्दी,१ चैत ।म्याग्दीका ६ वटै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । गत माघमा सम्पन्न १० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको नयाँ नेतृत्वले कार्ययोजना नै बनाएर पालिका अधिवेशन सुरु गरेको थियो । बुधवार बेनी नगरपालिकाको दोस्रो अधिवेशन सम्पन्न भएसंगै एक नगरपालिका र पाँच... पुरा पढ्नुहोस

परम्परागत चिनारीको संरक्षणमा जुटे ठाडाखानीका छन्त्याल समुदाय

म्याग्दी , १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका छन्त्याल समुदाय मौलिक चिनारीको रुपमा रहेका भेषभूषा, संस्कृति र परम्पराको संरक्षणमा जुटेका छन् । परम्परागत रुपमा भेडाको ऊनबाट बनाउने हाम्दुलो, काम्लो, स्विटर, टोपी लगायतका मौलिक पोसाक हराएर जाने अवस्थामा पुगेपछि यहाँका छन्त्याल समुदाय संरक्षणमा जुटेका हुन् । पुर्खाहरुले भेडापालन गर्ने र... पुरा पढ्नुहोस

नेकपा(एमाले) बेनी नगर कमिटीको नयाँ नेतृत्व चयन, अध्यक्षमा कटुवाल

म्याग्दी, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीमा बेलबहादुर कटुवालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत रुपमा चुनिएको छ । बुधवार सम्पन्न दोस्रो नगर अधिवेशनबाट कमिटीको उपाध्यक्षमा कृष्णदत्त पौडेल, सचिबमा भोजबहादुर रिजाल, उप–सचिबमा सुनिता केसी र विवेक हमाल चयन हुनुभएको निर्वाचन कमिटीका संयोजक रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा कटुवाल निर्विरोध निर्वाचित

नेकपा एमाले बेनी नगर कमिटीको अध्यक्षमा बेलबहादुर कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार बेनीमा भएको पार्टीको दोस्रो नगर अधिबेशनबाट कटुवाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि कटुवालको मात्र एकल उम्मेदवारी परेपछि उहाँलाई निर्वाचन कमिटीले निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीका अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

मिश्रित निर्वाचनले एक दलको मात्रै बहुमत कठिनः राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना

म्याग्दी, ३० फागुन । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको अवस्थामा कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ । नेकपा (एमाले) बेनी नगरकमिटीको दोस्रो अधिवेशनलाई बुधवार बेनीमा सम्वोधन गर्दै नेता तिमिल्सिनाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको हो... पुरा पढ्नुहोस

एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धन कुमार पुर्जा चयन

म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ... पुरा पढ्नुहोस

धवलागिरि माविमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न

म्याग्दी, ३० फागुन । म्याग्दी जेसीजको आयोजनामा बेनी नगरपालिका–४ सिंगा स्थित धवलागिरि माध्यमिक विद्यालयमा निशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा संचालित उक्त कार्यक्रममा ८९ जना छात्र,१०० जना छात्रा र २२ जना शिक्षक समेतको गरि... पुरा पढ्नुहोस

गठबन्धन भत्कनै पर्ने सम्बन्ध भत्केर नयाँ शुरु भएको हो : नेपाली

नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले कांग्रेस माओवादीहरुको गठबन्धन भत्कनै पर्ने भएकाले नै टुटेको बताउनुभएको छ । नेकपा एमाले अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेपालीले फरक धारका दुई दलबीचको कार्यगत एकता भत्कनु पर्ने थियो त्यसैले भत्केको धारणा राख्नुभएको थियो । उहाँले भन्नुभयो–‘उनीहरुको गठबन्धन भत्केकाले एमालेले पहलकदमी... पुरा पढ्नुहोस

दृष्टिविहिन कलाकारलाई खाद्यान्न दिदै प्रतिष्ठान म्याग्दीले मनायो लोक दोहोरी दिवस

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २३ औँ स्थापना दिवस तथा राष्ट्रिय लोक दोहोरी दिवस २०८० को अवसरमा दृष्टि विहिन कलाकारलाई खाद्यान्न सहयोग गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले मंगलबार जिल्लाको धवलागिरी गाउँपालिका ७ ताकम घर भई हाल पर्वत बेनीमा वस्दै आएकी दृष्टि... पुरा पढ्नुहोस