एमाले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा धन कुमार पुर्जा चयन

  • ३० फाल्गुन २०८०, बुधबार
  • 505 पटक पढिएको

म्याग्दी, ३० फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन भएको छ । मंगलवार पोखरेबगरमा सम्पन्न अन्नपुर्ण गाउँकमिटीको दोश्रो अधिवेशनबाट धन कुमार पुर्जाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो ।

कमिटीको उपाध्यक्षमा सुरेश पूर्जा पुन ,सचिवमा आनन्द पुन , उपसचिवहरूमा उज्जल फगामी र डममाया पुन रहनुभएको छ । अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज गोविन्दबहादुर नेपालीले उद्घाटन गर्नुभएको थियो ।