मिश्रित निर्वाचनले एक दलको मात्रै बहुमत कठिनः राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष तिमिल्सिना

  • ३० फाल्गुन २०८०, बुधबार
  • 173 पटक पढिएको

म्याग्दी, ३० फागुन । राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अहिलेको अवस्थामा कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको छ । नेकपा (एमाले) बेनी नगरकमिटीको दोस्रो अधिवेशनलाई बुधवार बेनीमा सम्वोधन गर्दै नेता तिमिल्सिनाले अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलालाई मात्रै बहुमत ल्याउन कठिन रहेको बताउनुभएको हो ।
‘‘अहिले हाम्रो निर्वाचन प्रणाली समानुपातिक पनि छ, प्रत्येक्ष पनि छ, यस्तो निर्वाचन प्रणालीमा कुनै दलको मात्रै बहुमत आउन कठिन हुन्छ, एक दलको मात्रै बहुमत नहुँदा मिलिजुली सरकार बनाउनु बाध्यता हुन्छ, मिलिजुली सरकारको हबिगत अहिलेको जस्तो अस्थित हुन्छ’’– उहाँले भन्नुभयो । नेकपा एमालेका प्रभाबशालि नेता समेत रहनुभएका तिमिल्सिनाले फेरवदल भैरहने गठबन्धनले जनतामा निराशा छाएको बताउनुभयो ।
उहाँले जनताले सबैभन्दा धेरै एमालेमा भरोसा गरेको बताउँदै पार्टीलाई बलियो बनाएर बहुमत ल्याउने गरी संगठन बनाउन कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने र नेता कार्यकर्तामा आपसी एकता बन्न सकेमा मात्रै पार्टीले श्रेष्टता हासिँल गर्न सक्ने उहाँको भनाई थियो । उहाँले निर्वाचनको बेला हुने अन्तरघाटले पार्टीलाई कमजोर बनाएको जिकिर समेत गर्नुभयो ।
उहाँले व्यक्ति र पार्टीले जित्नु मात्रै ठूलो कुरा नभएको बताउँदै मुलुकलाई निकास र विकास दिन सक्नुपर्ने धारणा राख्नुभयो । विकास र समृद्धिमा जनतामा रहेको चाहनलाई पुरा गर्न नवगठीत वर्तमान सरकारको कार्यभार रहेको उहाँको भनाई थियो । नेता तिमिल्सिनाले एमाले बलियो बन्न सकेमा मात्रै मुलुकको विकास र समृद्धि हुने दावि समेत गर्नुभयो ।