ताजा अपडेट

बेनीबजार किन भयो सुनसान

म्याग्दी,३१ बैशाख । आइतबारपनि बेनीबजार सुनुसान जस्तै छ । स्थानीय निर्वाचनमा भाग लिनका  लागि आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण गएपछि बेनीवजार सुनसुान बनेको हो । म्याग्दीको सदरमुकाम बेनीबजार सधै मानिसहरुको भिड र सवारीको चाप भईरहने बजार आइतबार मात्र होइन शनिबार देखिनै मानिसहरुको चाप ह्वातै घटेको थियो । निर्वाचनमा मतदान... पुरा पढ्नुहोस

म्याग्दीका सबै स्थानीय तहमा मतदान सुरु (फोटो फिचर)

म्याग्दी, ३१ वैशाख । म्याग्दीका सबै स्थानीय तहमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको निर्वाचनको मतदान साभmँ पाँच बजेसम्म जारी रहनेछ । जिल्लाको सबै मतदान केन्द्रमा एकै समयमा मतदान सुरु भएको मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र... पुरा पढ्नुहोस

म्याग्दीमा आईतवार हुने स्थानयि निर्वाचनको सबै तयारी पुरा

म्याग्दी, ३० बेनी । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तयारी पुरा भएको छ । आईतवार विहान ७ बजेदेखि सुरु हुने निर्वाचन साभmँ पाँच बजेसम्म जारी रहनेछ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् । वैशाख ३१ गतेको... पुरा पढ्नुहोस

चुनावमा निर्धक्क भएर भोट खसाल्नुस्ः प्रधानमन्त्री

काठमाडौं ३० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको चुनावमा सक्रियरुपमा भाग लिएर आफ्नो सार्बभौम मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल गरेका छन् ।हिलो चरणको स्थानीय चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्डले अपिल जारी गर्दै स्थानीय चुनावलाई ऐतिहासिक अवसर भनेका छन् र यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने कडीको... पुरा पढ्नुहोस

नेप्टेचौरमा काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, निर्वाचनको मुखमा ताण्डब

म्याग्दी, ३० बेनी । नगरपालीका ९ नेप्टेचौरमा शुक्रबार राती नेपाली काँग्रेस र एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । दुई पक्षका कार्यकर्ताहरुको बिवाद झडपमा परिणत हुँदा दुई वटा मोटरसाईकलमा आगजनी, एउटामा समान्य क्षत्ती, स्थानीय सहकारीको कार्यालयमा तोडफोड र एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना... पुरा पढ्नुहोस

निर्वाचनको मुखमा म्याग्दीको ज्यामरुककोटमा कस्ले गरायो बिष्फोट !

म्याग्दी, ३० वैशाख । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा गएराती ठूलो आवाज सहित बम विष्फोट भएको छ । राती करिब साढे १० बजे अर्जुन मावि मतदान केन्द्र बाहिरको जंगल क्षेत्रमा दुई पटकसम्म ठुलो आवाज आउने गरि विष्फोटक पदार्थ पड्किएको आवाज आएको सो मतदान केन्द्रमा खटिनुभएका जिल्ला प्रहरी... पुरा पढ्नुहोस

म्याग्दीमा मतदान केन्द्रको तयारी तिब्र

बेनी २९ बैशाख । आईतबार हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीका मतदान केन्द्रहरुमा तयारी तिब्र पारिएको छ । हरेक मतदान केन्द्रमा खटिएका मतदान अधिकृतले राजनीतक दलका स्थानीय नेताहरुसंगको सर्वदलीय बैठक गरी मतदाता परिचयपत्र वितरण गर्ने कामसंगै मतदान स्थल निर्माणको कामलाई तिब्रता दिएका छन् । शनिबारसम्ममा मतदाता परिचयपत्र बाडिसक्ने लक्ष्य अनुसार... पुरा पढ्नुहोस

पिप्लेको मालीकामा एमाले माओवादीको संयुक्त चुनावी सभा

म्याग्दी, २९ वैशाख । रघुगंगा गाउँपालीका ३ पिप्लेको मालीकामा बिहीबार नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी आभसभा गरेका छन् । पिप्लेका वडा अध्यक्षका उमेद्वार अर्जुन सुवेदीको अध्यक्षता र माओवादी केन्द्रका श्रीकृष्ण रिजालको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य गोविन्द... पुरा पढ्नुहोस

दलहरुको चुनाबी तालमेल , बेनी नगरपालिकामा रोचक प्रतिस्पर्धा !

म्याग्दी, २८ वैशाख । स्थानीय तह निर्वाचनको मिती नजीकिएसंगै म्याग्दीमा चुनाबी रौकनता छाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका सहित ४५ वटा वडा रहेको म्याग्दीमा ७१ हजार ४६३ जना मतदाता छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जना जनप्रतिनिधी निर्वाचीत हुनेछन् । म्याग्दीमा ७२ वटा निर्वाचन स्थल कायम भएको... पुरा पढ्नुहोस

एमाले र राप्रपाको भकिम्लीमा कार्यक्रम

म्याग्दी, २७ वेशाख । नेकपा एमाले म्याग्दी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार बेनी नगरपालिका–३ भकिम्लीमा चुनाबी आमसभा सम्पन्न गरेका छन् । कार्यक्रममा नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार प्रमोद श्रेष्ठले बेनी नगरपालिकालाई नमुना नगरपालिका बनाउने प्रशस्तै सम्भावना रहेको बताउँदै त्यसका लागि आफूलाई मतदान गरेर जिताउनुपर्ने बताएका छन् । उनले नगरपालिका क्षेत्रलाई आफूले... पुरा पढ्नुहोस