मुस्ताङको घरपझोङमा १८ करोडको बजेट सार्वजनिक
- ३० असार २०७४, शुक्रबार
- 2361 पटक पढिएको
मुस्ताङ ३०, असार । ‘समावेशी,सामाजिक रुपान्तरण,प्रकृति संरक्षण र संस्कृति,कृषि,पर्यटन,पूर्वाधार घरपझोङको समृद्धि’नामक मूलमन्त्रको नारा बोकेर स्थानीयतह घरपझोङ गाउँपालिकाको प्रथम गाउँसभाको बन्दशत्रले आगामी आ.व. २०७४÷०७५ का लागि करिव १८ करोड ९ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। घरपझोङ गाउपालिकाका अध्यक्ष आश बहादुर थकालीको अध्यक्षतामा शुक्रवार बसेको बन्द शत्रले बजेट पारित गरेको हो।कुलबजेटको चालुतर्फ २ करोड ४२ लाख,७७ हजार र चालुखर्च सशक्त तर्फ ६ करोड ४२ लाख ५४ हजार छ। त्यस्तै पुजीगत खर्चतर्फ ९ करोड २३ लाख ९६ हजार बिनियोजन गरेको हो ।
प्रस्तावित बजेटको आर्थिक बिकासतर्फ १ करोड ७० लाख ५० हजार,सामाजिक बिकासतर्फ ८१ लाख ३४ हजार,पूर्वाधार बिकासतर्फ ५ करोड ७ लाख ५० हजार,वातावारण तथा बिपत व्यवस्थापनतर्फ ८८ लाख ५० हजार,संस्थागत बिकासतर्फ ७६ लाख १२ हजार ५ सय छुट्याएको छ । यसअघि भएको प्रथम गाउँसभाको उद्घाटन समारोहमा उपाध्यक्ष शर्मिला गुरुङले १८ करोड बराबरको पूरक बजेट प्रस्तुत गरेकी थिईन् ।उनले गाउँपालिकाको निति योजना र कार्यक्रमले बिकास र समृद्धिको बाटो खुल्ने उल्लेख गरिन् । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दे सांसद रोमी गौचनले जनताप्रति उत्तरदायि भएमात्र गाउँपालिकाको बिकास हुँने बताए ।
उनले बिकास र शुसाशन निर्माणका लागि दलिय स्वार्थ त्यागेर सहमती र सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।स्थानीय बिकास अधिकारी बन्धु प्रसाद बास्तोलाले जनताको नजिकको सरकार स्थानीयतहले जनताको आधारभुत समस्या संम्वोधन गर्न जरुरी रहेको उल्लेख गरे ।उनले सरकारको कुल बजेट १७ प्रतिशत स्थानीयतहमा बिनियोजन भएको बताउँदै बास्तोलाले यसवर्ष पूजिगत खर्च न्यून रहेको बताए ।उनले स्थानीयतह कर्मचारी व्यवस्थापन बिधयेकको ढिलाई समस्या पर्दे गएको उल्लेख गरे ।
सहायक प्रमूख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले पर्यटकिय गाउँ मार्फा र जोमसोम जोडिएको घरपझोङ गाउँपालिका नमूना गाउँपालिकाको रुपमा उदाउँनु पर्ने उल्लेख गरे ।उनले जिल्लामा जनप्रतिनिधिको अभावले कर्मचारी समायोजन कार्यान्वयनमा चुनौति बन्दै गएको बताए ।पूर्व सभासद चन्द्र बहादुर थकालीले पूर्वाधार बिकासमा स्थानीयतह संम्वेदनशिल हुनुपर्ने बताए ।उनले वातावरण जोगाउ अभियान तथा जनताको जिवन स्तर उकास्न खेर गएका जमिनलाई लेज प्रक्रियाबाट हल गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा माओवादी केन्द्रका बिशाल बि.क.,पूर्व जिविस सभापति भक्तिलाल हिराचन, गाउँ मूखिया चन्द्र बहादुर थकाली र मोहन कुमारी शेरचनले बोलेका थिए । घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन गाउँ कार्यपालिका सदस्य राजु लालचनले गरेका थिए ।