धामी झाक्रिबाटै महिलाहरु असुरक्षित !

  • ३१ असार २०७४, शनिबार
  • धिरन खत्री
  • 3187 पटक पढिएको

म्याग्दी,३१ असार । स्वास्थ्य संस्थाहरु खुल्नेक्रम बढ्दो क्रममा रहेपनि विरामी पर्दा परम्परागत ढंगले धामीझाँक्रीबाट झारफुक गरि उपचार गर्ने प्रचलन कायमै छ । अदृष्य शक्तिमा आस्था राख्नेहरुले गाउँमा मात्रै होईन शहर बजारमा समेत धामी झाँक्रिबाट झारफुक गराउँछन् । तर विरामी पर्दा झारफुक गर्ने धामी झाँक्रिबाट महिला असुरक्षित हुने गरेको एउटा घटना सार्वजनिक भएको छ ।


आफ्नो बालबच्चा र स्वयम आफुहरु समेत विरामी हुँदा झारफुक गर्न जाने महिलाहरुमाथि धामि झाँक्रीहरुले शारिरीक हिँसा गर्ने गरेको घटना सार्वजनिक भएको हो । यस्तै घटनामा संलग्न एक जना धामी कर्णबहादुर किसानलाई प्रहरीले पक्राउ गरेकोे छ । झारफुक गर्न आउने महिलाहरुलाई यौन शोषण गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।
स्थायी घर बागलुङ नगरपालिका ६ भएको कर्णबहादुर किसान २०५४ सालबाट उक्त धामी पेशा गर्दै आएको अनुसंन्धानबाट खुलेको छ । उसले महिलाहरु माथि विभिन्न कसमहरु खुवाएर उपचारको नाममा म्याग्दीका दुई जना महिला माथि यौन शोषण गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
“ एक महिलाले आफु माथि धामीले शोषण गरेको घटना लिएर आएपछि अर्को महिलाले पनि आफु पनि उक्त धामीमार्फत शोषणमा परेको भनी उजुरी दिएपछि उसलाई प्रक्राउ गरि अनुसंधान गरिरहेको पनाउ खड्काले बताउनुभयो । ५८ बर्षिय धामी कर्णबहादुर किसानले गल्ती स्विकार गरिसकेका प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक प्रक्रियासहित मुद्धाअघि बढाएको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

 

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l