ताजा अपडेट

भविकलालाई दरबाङमा जुट्यो ७१ हजार सहयोग

म्याग्दी, २५ जेठ । विषाक्त खानाका कारण गम्भिर बिरामी भइ उपचाररत अर्मन छिस्वाङकी भविकला पुर्जालाई दरबाङमा ७१ हजार रुपैयाँ सहयोग संकलन गरिएको छ । लायन्स क्लब अफ म्याग्दी दरबाङ र न्यू दरबाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त पहलमा ७१ हजार ६ सय रुपैयाँ सहयोग रकम जुटाईएको हो ।... पुरा पढ्नुहोस

रमाईलो धवलागिरी अनलाईन रोधीघरद्धारा गुरुङ परिवारलाई सहयोग

म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस

प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय  मन्त्रिमण्डल गठन गरेका छन् । देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराइन् । मन्त्रिमण्डल यस्तो छः शेरबहादुर देउवा, प्रधानमन्त्रीसहित... पुरा पढ्नुहोस

लेटमी डान्सीङकी विजेता मगरद्धारा सहयोग

म्याग्दी,२४ जेठ । एकहप्ताअघि सम्पन्न लेटमी डान्सीङ प्रतियोगिताको विजेता म्याग्दी अर्मनकी विष्णु दगामी मगरले विषाक्त खानाका कारण उपचाररत पबहादुर गुरुङ र भविकला पुर्जाको उपचारका लागि पाँच हजार सहयोगको घोषणा गरेका छन् । गत शनिबार काठमाडौँमा त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ प्रतियोगितामा मगरले उपाधी जितेकी थिइन् ।... पुरा पढ्नुहोस

रुवालाखोलादेखी सिहदरबारसम्म यस्तो छ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जिवनी

काठमाडौ, २३ जेठ । नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट... पुरा पढ्नुहोस

ट्राफिक प्रहरीद्वारा तीस करोड राजस्व सङ्कलन

काठमाडौँ, २४ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त... पुरा पढ्नुहोस

कतार प्रकरणः ट्रम्प खुसी, फिलिपिन्सले कामदार पठाउन रोक्यो

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् । ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् । ‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’... पुरा पढ्नुहोस

माओवादीबाट महरा उपप्रधान, जनार्दन गृह

काठमाडौं, २४ जेठ। कृष्णबहादुर महराको नेतृत्वमा माओवादी केन्द्र शेरबहादुर देउवा सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रीय कार्यालय बैठकले महरालाई उपप्रधान र परराष्ट्र, जनार्दन शर्मालाई गृह र प्रभू साहलाई बिना विभागीय मन्त्रीमा पठाउने निर्णय गरेको  छ । कांग्रेसले मन्त्री बन्नेमा गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीको नाम टुंगो लगाएको छ ।... पुरा पढ्नुहोस

प्रधानमन्त्री बनेपछि देउवाका चुनौती र अवसर

जेष्ठ २४, २०७४- २०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । समकालीन नेतामा युवा अवस्थामै प्रधानमन्त्री बन्ने सौभाग्य पाएका देउवा त्यसलगत्तै दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । गणतन्त्रपछिको दसौं र आफ्नो हकमा चौथो रेकर्ड बनाउन सफल ७१ वर्षीय देउवाका सामु भिन्न परिवेश मात्र छैन, चुनौतीको पहाड... पुरा पढ्नुहोस

गुरुङ परिवारलाई जापानबाट ४९ हजार सहयोग

म्याग्दी, २३ जेठ ।  विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्चका लागि जापानबाट ४९ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । पात्लेखर्कका पदम पुनको नेतृत्वमा अध्ययनका सिलसिलामा जापान पुगेका म्याग्देलीहरुले उक्त रकम सहयोग गरेका हुन् । विषाक्त खानाका कारण बुहारी... पुरा पढ्नुहोस