लोकतान्त्रिक गठबन्धनको पाखापानीमा आमसभा

  • १५ कार्तिक २०७४, बुधबार
  • 2407 पटक पढिएको

म्याग्दी, १५ कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा चुनावी आमसभा अभियानलाई तिब्र बनाएको छ । अभियानको क्रममा आज पाखापानीमा आमसभा तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीका दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत रघुगंगा गाउँपालिका–६ एकाई सभापति मनकुमार पुन को सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस म्याग्दीका सभापति एवँ प्रतिनिधी सभा सदस्य निर्वाचनका उम्मेदवार खम बहादुर गुर्बजा (खम्वीर)ले म्याग्दीको विकासका लागी आफुले सम्पुर्ण कुरा त्याग गरि जनताको विकासमा लाग्ने बताउँदै आफुलाई मतदान गरि बिजयी गराउन आह्वान गरे ।

राज्यले दिने सूबिधा पनि गरिव तथा यूवाहरुको बिकासको र रोजगारको लागी अक्षकोषको स्थापना गर्ने बताउँदै आफुले गरेका वाचा पुरा गर्ने समेत बताए । कार्यक्रममा राप्रपाका क्षेत्र न १ का उम्मेदवार भिम प्रसाद गौचनले पाखापानीमा आफुले गरेको कामको मुल्याङन गर्दै मतदान गर्न आग्रह गरे । कार्यक्रममा काग्रेसका युवा नेता तथा महाधिवेसन प्रतिनिधि भरत बहादुर रकाल, नेपाली कांग्रेस प्रदेश सभा समानुपातिक उमेद्वार बिमला गौचन राप्रपाका नेता एकेन्द्र रावल,नेपाली कांग्रेस जिल्ला सदस्य मनकुमारी बिकले मन्तव्य राखेको कार्यक्रमको संचालन रघुगंगा गाउपालिका वडा २ का सदस्य कृष्ण गर्बुजा गरेका थिए ।

To Top