धारापानीमा बाम गठबन्धनको युवा परिचालन समिति गठन

  • १५ कार्तिक २०७४, बुधबार
  • 2447 पटक पढिएको

 

म्याग्दी, १५ कात्तिक । धौलागिरी गाउँपालीका ७ धारापानीमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको प्रचारप्रसारका लागि युवा परिचालन समिति गठन भएको छ ।

युवा संघका नेता दलमान पुनको अध्यक्षता, वाईसीएलका गाउँपालीका ईञ्चार्ज सवीन रोकाको स्वागत र अमृत थापाको सञ्चालनमा सम्पन्न भेलाले युवा संघ र वाईसीएलका कार्यकर्तालाई समेटेर ५६ सदस्यीय परिचालन समिति गठन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका गाउँपालीका अध्यक्ष यामन रोकाले बाम गठबन्धनका उमेद्वारलाई जिताउन संयुक्त रुपमा प्रभावकारी ढंगले प्रचारप्रसारमा लाग्न निर्देशन दिनुभएको थियो ।