ताजा अपडेट

प्रकाश माविले मनायो ७१ औं वार्षिकोत्सव

  बेनी, ९ पुस । सदरमुकाम बेनीमा रहेको प्रकाश माविले ७१ औ वार्षिकोत्सव विविध कार्यक्रमसहित सोमबार मनाएको छ। प्रकाश माविको प्राङ्गणमा आयोजित वार्षित्सवको उद्घाटन बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा मेयर केसीले विद्यालयको प्रकाशपुञ्ज पुस्तक पनि विमोचन गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष... पुरा पढ्नुहोस

लक्ष्य अघिनै सडक कालोपत्र गर्ने निर्माण व्यवसायी कार्कीलाई सम्मान

  बेनी, ९ पुस । २४ महिना ठेक्का अवधी भएको सडक कालोपत्र गर्ने योजना एक वर्षमै सम्पन्न गर्ने निर्माण व्यवसायी सुवासचन्द्र कार्कीलाई बेनी नगरपालिका– ९ गलेश्वरबासीले फूलमालासहित सम्मानपत्रले सम्मान गरेका छन । बेनी–गलेश्वर सडक योजनाको निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रा.ली.का सञ्चालक कार्कीलाई बेनी नगरपालिका–९ मा गलेश्वरका बासिन्दा र संघ... पुरा पढ्नुहोस

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

  म्याग्दी, ९ पुस । अन्नपूर्ण गाउँपालिकाको पोखरबगरमा आयोजित गाउँपालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा मावि नारच्याङले जितेको छ । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार पोखरेवगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र ६ कास्य पदक सहित प्रभा माविले उपाधी जितेको हो । गत बर्षको बिजेता समेत रहेको... पुरा पढ्नुहोस

श्रमदान जुटाएर कैलाशफाटको खेलमैदान स्तरोन्नति गरिदै

बेनी, ८ पुष ः म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ । म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान सञ्चालन भएको हो । जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी र विद्यार्थीहरुले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको... पुरा पढ्नुहोस

जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २० र २१ गते हुने

  म्याग्दी, ८ पुस। जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा यही पुस २० र २१ गते जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हुने भएको छ। जिल्लाका ६ वटै पालिकाबाट विभिन्न विद्यामा छनोट भएका उतकृष्ट खेलाडी सहभागि हुने जिल्लास्तरीय नौँ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता हो । बेनीस्थित खुल्लामञ्चको खेलमैदानमा हुने रनिङशिल्डमा भलिबल, कबड्डी,... पुरा पढ्नुहोस

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्विर सहित)

  म्याग्दी,पुस ७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन्... पुरा पढ्नुहोस

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  म्याग्दी, ७ पुस । अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । प्रतियोगितामा गाउँपालिका भित्रका विभिन्न ११ वटा विद्यालयका तीनसय विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएका छन् ।... पुरा पढ्नुहोस

मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

  बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपालसम्म हवाई टिकटको समेत ब्यवस्था गरी पठाईएको महासचिव काजिमान बुढाथोकीले... पुरा पढ्नुहोस

दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली बिडम्बनापूर्ण : एमाले उपमहासचिब ज्ञवाली

बेनी, ६ पुस : नेकपा एमालेका उपहासचिब प्रदीप ज्ञवालीले मुलुकमा दुईथरि नागरिक उत्पादन गर्ने शिक्षा प्रणाली रहनु बिडम्वनापूर्ण रहेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ स्थित जामुनाखर्क माध्यमिक विद्यालयमा शुक्रवार आयोजित हिरावहादुर बानियाँ स्मृति अक्षयकोष स्थापना तथा छात्रवृत्ति वितरण समारोहलाई सम्वोधन गर्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो... पुरा पढ्नुहोस

जामुनाखर्क माविमा पाँच लाख राशीको ‘हिरा बहादुर बानियाँ स्मृति छात्रवृत्ति कोष’ स्थापना

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ६ अर्थुङ्गे स्थित जामुनाखर्क माविमा रु ५ लाख राशीको ‘हिरा बहादुर बानियाँ छात्रवृत्ति कोष’ स्थापना गरिएको छ । बेनपा ६ निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. हिरा बहादुर बानियाँको स्मृतिमा उहाँका छोराहरु प्रकाश बानियाँ, किरण बानियाँ र सम्पूर्ण परिवारले रु ५ लाखको छात्रवृत्ति कोष स्थापना... पुरा पढ्नुहोस