ताजा अपडेट

विकास निर्माणको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका योजनाहरुको गुणस्तर परिक्षणमा आधुनिक औजार उपकरणको प्रयोग गर्न सुरु गरेको छ । रड , सिमेन्ट, बालुवा र गिट्टी मिसाएर निर्माण गरिने नाली, सडक ढलान, भवनको पिल्लर लगायतका विकास निर्माणका योजनाको गुणस्तर जाँच गर्न गाउँपालिकाले आनुधिक मेसिन उपकरणको प्रयोग गर्न थालेको हो । यस बर्ष गाउँपालिकामा... पुरा पढ्नुहोस

म्याग्दीमा दूध उत्पादक कृषकका लागि आएको २२ लाख फिर्ता

असार २७ असार । म्याग्दीका दूध उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदान फिर्ता भएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले कृषकहरूलाई अनुदान वितरण नगरी बजेट फ्रिज गरेको हो।  दूध उत्पादन गर्ने कृषकहरूलाई सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाँ ५० पैसाका दरले अनुदान... पुरा पढ्नुहोस

बर्षाको कारण जग भासिएपछि जनता माविको तीन कोठे विद्यालय भवन भत्कियो

म्याग्दी , २७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेका जनता माध्यमिक विद्यालयको तीन कोठे भवन भत्किएको छ । अबिरल बर्षाको कारण भवनको जग भासिएपछि विद्यालयको तीन कोठे कच्ची कक्षाकोठा रहेको भवन भत्किएको हो । विद्यालयको भवन भत्किएपछि विद्यालय नजिकै रहेको स्थानीय इन्द्रमान थजालीको एक तले घर समेत पुरिएको विद्यालयका... पुरा पढ्नुहोस

म्याग्दीमा पिउने पानीको मुहानमा दिसाका जीवाणु भेटियो

म्याग्दी, २७ असार । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्न नमुना संकलन गरेर... पुरा पढ्नुहोस

भाइले दाउरा प्रहार गर्दा दाइको हत्या, हत्यामा संलग्नलाई प्रहरीले लियो नियन्त्रणमा

म्याग्दी २६ असार । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मलम्पारमा भाईले दाउरा प्रहार गर्दा दाइको हत्या भएको छ । मलम्पारको रुटबाङटोलमा गयराती करिब साढे ११ बजे स्थानीय सोमबहादुर छन्त्यालले दाउरा प्रहार गरेर ४१ बर्षिय धनबहादुर छन्त्यालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।दाइको... पुरा पढ्नुहोस

‘मायाको आरती’ म्युजिक भिडियो सार्वजनिक

म्याग्देली कलाकार बिजुन खत्रीको स्वर रहेको लोकदोहोरी गीत ‘मायाको आरती’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=54hqnGLnUYQ   राजेन्द्र खत्रीको शब्द संकलन तथा प्रकाश पराजुलीको लय रहेको गीतमा लोकदोहोरी गायक बिजुन खत्री र गायिका समिक्षा अधिकारीको स्वर भर्नुभएको छ । गीतको म्युजिक भिडियोमा सुनिल क्षत्री र प्रिंयका कार्कीको मुख्य अभियन... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकाद्धारा सहिद परिवारलाई सम्मान

म्याग्दी, २१ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सहिद परिवारलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकामा आयोजित द्धन्द्ध पीडितसंग अन्तक्र्रिया तथा सहिद परिवार सम्मान कार्यक्रममा ९ जना सहिद परिवारका आफन्त र २६ जना द्धन्द्धपीडितलाई सम्मान गरिएको हो । मुलुकको परिवर्तन ल्याउन योगदान गरेका सहिदको सम्मान र तत्कालिन द्धन्द्धको समयमा पीडित बनेका... पुरा पढ्नुहोस

जलजलाका उत्कृष्ट टोलविकास र वडा विकास सहजकर्ता सम्मानित

पर्वत, २१ असार । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट टोलविकास संस्था र वडा विकास सहजकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार गाउँपालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिएको हो । गाउँपालिका भित्र गठन भएका एक देखि ९ वडा सम्मका एकसय ३९ वटा टोलविकास संस्थाहरु मध्य उत्कृष्ट काम गर्ने प्रत्येक वडाबाट... पुरा पढ्नुहोस

प्रकाश माविमा कपाल काट्ने सीप सिक्दै विद्यार्थी (तस्बिर/भिडियाे)

म्याग्दी सदरमुकाम बेनी स्थित प्रकाश माध्यमिक विद्यालयका विद्यार्थीहरुले कपाल काट्ने सीप सिक्न थालेका छन् । बेनी नगरपालिकाले विद्यालय तहबाटै विद्यार्थीहरुलाई जीवन उपयोगी सीप सिकाउन सञ्चालन गरेको ‘विइ क्यान विइ डु’ (‘हामी सक्छौ, हामी गर्छौ’) कार्यक्रम अन्तर्गत प्रकाश माविले कपाल काट्ने तालिम सञ्चालन गरेको छ । विद्यालयका कक्षा ७ देखि १०... पुरा पढ्नुहोस

पाखापानीमा चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग... पुरा पढ्नुहोस